वीरगंज- श्री दुर्गा छठ पूजा समितिको अध्यक्षमा सुजित साह सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार राति वीरगंज–२३ प्रसौनी बिर्तास्थित शिव मन्दिर नजिक बसेको गाउँ भेलाबाट साहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित समितिमा उपाध्यक्षमा निरज श्रेष्ठ, सचिवमा प्रदिप दास, सह–सचिवमा विवेक दास र कोषाध्यक्षमा श्याम सुन्दर यादव चयन भएका छन्। समितिका सदस्यहरूमा देवकुमार दास, रामबाबु महतो, सुवासराज पराजुली, उमेश महतो, नितेश श्रेष्ठ, मनु दास, विवेक शर्मा, गौरव यादव, रोहण महतो, ओम महतो, किसन पासवान, चन्दन बरई, पप्पु दास, अजित यादव, सुमित शर्मा, निरज दास, संजय दास, लालबाबु महतो, मुकेश महतो र ओम महतो रहेका छन्।
गाउँ भेलामा वीरगंज–२३ का वडा सदस्य लालबाबु यादव र कान्ति देवीको विशेष उपस्थिति थियो। सो अवसरमा समितिका पूर्व अध्यक्ष सुनिल दास,सचिव राकेश साह, सदस्य प्रेम पासवान लगायतका पूर्व पदाधिकारीलाई वडा सदस्य यादवले अबिर र खादा लगाएर बिदाइ गरेका थिए भने नव निर्वाचित पदाधिकारीलाई सम्मानसमेत गरेका थिए ।
गाँउ भेलाले यस वर्षको छठ पूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रति परिवार(प्रति दउरा) ८०० रुपैयाँ चन्दा संकलन गर्ने निर्णय गरेको छ। भेलामा सयौँ स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतिक्रिया