$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणा देउवाको राजीनामा

580


काठमाडौं-
  निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। हालैको अभिभावक बैठकमा उनको राजीनामाको जानकारी गराइएको हो।

जेनजी आन्दोलनका क्रममा स्कुलमा तोडफोड र आगजनी भई भौतिक संरचना पूर्णरूपमा क्षति पुगेपछि राणाले पदबाट राजीनामा दिएको जनाइएको छ।

काठमाडौं र ललितपुर दुवै युलेन्स क्याम्पसको अध्यक्ष पदबाट उनले हात झिकेकी हुन्।

अभिभावक स्रोतका अनुसार युलेन्स स्कुल नयाँ योजनासहित पुनः सञ्चालनको तयारीमा छ। आगामी दिनमा अभिभावकबाटै ट्रष्टी छनोट गरी स्कुलको सञ्चालन अघि बढाउने प्रक्रिया सुरु हुने भएको छ।

युलेन्स स्कुलले जारी गरेको विज्ञप्तिमा डा। राणाको संलग्नता शिक्षा ऐनअनुसार साबिकको जिल्ला शिक्षा कार्यालयले गरिएको व्यवस्थापन समितिको नियुक्तिका आधारमा भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “उनको भूमिकालाई नाफामुखी व्यवसायसँग जोडेर गरिएको प्रचार भ्रामक र तथ्यहीन हो। विद्यालय सामुदायिक शिक्षाको मापदण्डअनुसार नै सञ्चालित हुँदै आएको थियो।”

विज्ञप्तिमा युलेन्स स्कुललाई ‘नाफा कमाउने व्यवसाय’को रूपमा दुष्प्रचार गरिएको कारणले अफवाहको सिकार भएको समेत उल्लेख गरिएको छ। हाल युलेन्स स्कुलले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेको छ भने दशैंपछि कक्षा १० देखि १२ र आइबी तहका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापनमा देखिएको अव्यवस्था र आन्दोलनपछि उठेका प्रश्नहरूका बीच डा। राणाको राजीनामा र विद्यालयको नयाँ रोडम्यापले युलेन्सको भविष्य कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,652,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,689,स्थानीय समाचार,322,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणा देउवाको राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणा देउवाको राजीनामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhcffsd4yrbguat65DndaRluq09hONbIznYJ91XcYUheePvrnQgjaoP3ST7pjY82YsXmXtOXOk2_Mk4_lBampLNRhUBbspx_DAetMpAmockFHTMawt5jWnRWQJ7fXzgxydUd9zjtt5AAaE0LZqOmBP11ewQP9lLWuPIZFknVSxQ-QwB12qtzmEo1jqJSxMt/s320/dr_arzu-1.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhcffsd4yrbguat65DndaRluq09hONbIznYJ91XcYUheePvrnQgjaoP3ST7pjY82YsXmXtOXOk2_Mk4_lBampLNRhUBbspx_DAetMpAmockFHTMawt5jWnRWQJ7fXzgxydUd9zjtt5AAaE0LZqOmBP11ewQP9lLWuPIZFknVSxQ-QwB12qtzmEo1jqJSxMt/s72-c/dr_arzu-1.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_955.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_955.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content