काठमाडौँ –
नेपाल प्रहरीका ६ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले मंगलबार रिक्त युनिटहरूमा इन्स्पेक्टर पठाएका हुन् । इन्स्पेक्टर कैलाश लिम्बु खापुङलाई मोरङस्थित इलाका प्रहरी कार्यालय सिजुवामा सरुवा गरिएको छ ।
इन्स्पेक्टर दीपक थापालाई मकवानपुरको इप्रका मनहरी, दानबहादुर मिरिङचिङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र शालिकराम तिम्सिनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।
मनहरीमा पठाइएका थापा यसअघि पर्साको पोखरीयाबाट तानिएका थिए । सिन्धुलीको इलाका प्रहरी कार्यालय डकाहामा सपना खड्कालाई पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत कमल राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र विनोद ढकाललाई जिप्रका नुवाकोटमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया