$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

580


काठमाडौं – 

बडादशैँ अन्तर्गतको नवरात्रको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना देशभरका दशैँ घर तथा शक्तिपीठमा गरिँदै छ। चन्द्रघण्टा देवीले हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले उनको नाम चन्द्रघण्टा’ रहन गएको उल्लेख विभिन्न पौराणिक ग्रन्थमा पाइन्छ। नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्रका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार देवीको साधनाले भक्तजनलाई शक्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

मार्कण्डेय पुराणमा चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहन्छ, उनी नै चन्द्रघण्टा देवी हुन् भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवी शान्त, करुणामयी र पीडितमाथि दयालु स्वरूपकी देवी मानिन्छिन्। उनको स्वरूप पहेँलो वर्णको हुन्छ र अत्याचारी शक्तिको नाश गर्ने शक्ति धारण गर्ने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको कृपाले समग्र पाप नाश हुने, ललाटमा तेज प्राप्त हुने र विशेषतः गीत–सङ्गीत क्षेत्रमा लागेकाले यस देवीको आराधना गर्दा विशेष लाभ हुने विश्वास गरिएको छ।

यसअघि नवरात्रको पहिलो दिन सोमबार घटस्थापना गर्दै देवी शैलपुत्रीको पूजा गरिएको थियो भने दोस्रो दिन मंगलबार ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिएको थियो। आज तेस्रो दिन भक्तजनले चन्द्रघण्टा देवीको आह्वान गरी साधना गरिरहेका छन्।

नवरात्रका नौ दिनभर घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायतका स्तोत्र पाठ गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको साधनाले शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुन्छ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रको अवसरमा काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, शोभा भगवती, नक्साल भगवतीलगायत देशभरका शक्तिपीठमा आजदेखि नै भक्तजनको चहलपहल विशेष रुपमा बढेको देखिन्छ। बडादशैँका साथै बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष आराधना गर्ने चलन भएकाले मन्दिरहरूमा अझ बढी भीड हुने गर्छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,654,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,694,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixUJIjmTGqMVwuLf2UWxsFNCjLP-Jf8eY8BkzT_Iz8T7kFjCnpCY83kmf7u6delAAKdRmxnyqUYwEF7b1NxA2mY15cO0AxChsSk5cGvwfVycGjseYj_k-9RgluQiqci7GMEocexfojPzDX89Jb9SUhvuN1-tzYqokU_dv3d9Seu394xQbux8EC3WG54UD7/s1600/download.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixUJIjmTGqMVwuLf2UWxsFNCjLP-Jf8eY8BkzT_Iz8T7kFjCnpCY83kmf7u6delAAKdRmxnyqUYwEF7b1NxA2mY15cO0AxChsSk5cGvwfVycGjseYj_k-9RgluQiqci7GMEocexfojPzDX89Jb9SUhvuN1-tzYqokU_dv3d9Seu394xQbux8EC3WG54UD7/s72-c/download.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_114.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_114.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content