$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने– पहिले सबै मिलेर आउनुस्

580


२५ भदौ, काठमाडौं : 
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् ।

सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् ।

‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५र१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान गरेपछि हामीले सम्पर्कको पहल गरेका थियौं,’ एक उच्च सैन्य अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यही क्रममा बुधबार उहाँहरुलाई बोलाइएको हो ।’

स्रोतका अनुसार, नाम टिपाए अनुसार बोलाइएका जेनजी प्रतिनिधिले सुरुमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका थिए । तर, धेरै संख्यामा जेनजी प्रतिनिधि पुगेपछि सिग्देलले सुरुमा सबैलाई मिलेर आउन आग्रह गरेका थिए । ‘यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ,’ सिग्देलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’

प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि अहिले छुट्टै छलफलमा जुटेका छन् । सैनिक स्रोतका अनुसार, उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको अपिल

‘त्यसपछि देशलाई बाँकी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेर एजेण्डामा तयार गर्न समेत भनेका छौं,’ सैनिक स्रोतले भन्यो, ‘छलफल एउटा निष्कर्षमा पुगेपछि बल्ल राष्ट्रपतिको उपस्थितिमा संवाद हुन्छ ।’

जेनजीका प्रतिनिधि धेरै संख्यामा भएपछि सेनालाई समेत संयोजन गर्न कठिनाइ भएको छ । अझै बाहिर रहेका कतिपय समूहले समेत आफूहरुको कुरा पनि सुन्नुपर्ने भनिरहेका छन् । गएराति समेत प्रधानसेनापति सिग्देलसँग केही जेनजी प्रतिनिधिले संक्षिप्त भेट गरेका थिए ।

सैनिक अधिकारीहरुले त्यसलाई औपचारिक वार्ता नभई प्रारम्भिक रुपमा जेनजीका धारणाहरु बुझ्ने प्रयासरुपमा अनलाइनखबरसँग अर्थ्याएका छन् ।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर जेनजी प्रदर्शनकारीलाई संवादमा आउन आह्वान गरेको थियो । ‘लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख थियो ।

यसपछि नेपाली सेनाले समेत विज्ञप्ति जारी गरेर संवादबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो । सैनिक स्रोतका अनुसार, राष्ट्रपति पौडेलको विज्ञप्ति समेत सेनाको समेत सुझावलाई मध्यनजर गर्दै आएको थियो ।

सेनाको अगुवाइमा भएको चारवटै सुरक्षा प्रमुखको बैठकले कसरी अघि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रपतिले अगुवाइ लिनु ठीक हुने निष्कर्ष निकालेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो । कार्यालयको विज्ञप्तिपछि जेनजीका तर्फबाट विभिन्न समूहका युवाले सम्पर्क गरेका थिए ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’

भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक, एक्ससहित २५ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि ‘नेपोबेविज’ अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।

सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । मंगलबार प्रशासनको कर्फ्यू बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नाराबाजीसहित अन्यत्र हिँडेका थिए ।

पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भयो । तनावको स्थिति सिर्जना भएपछि अपराह्न सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर ‘विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व’ भएको बताएको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,656,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,702,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने– पहिले सबै मिलेर आउनुस्
जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले भने– पहिले सबै मिलेर आउनुस्
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqZBS4T9FE4O_PRX6HY4Wi3-SEXNcGztEa1JSWr_PpukVVzv78oNTiQLbV4dToHE7OaU2inPVUvqt2v8rXRmH1ZTGUsTzbIafaHOV662GvLeQkGeGpnzohABByCqj6w38Os132YIy6FKSgJtXt6kRk36QO2xUM6IraJ3WVGwlknTe4KQwDcM04jblIVRaQ/s320/Asokraj-sidgel-Chief-geneal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqZBS4T9FE4O_PRX6HY4Wi3-SEXNcGztEa1JSWr_PpukVVzv78oNTiQLbV4dToHE7OaU2inPVUvqt2v8rXRmH1ZTGUsTzbIafaHOV662GvLeQkGeGpnzohABByCqj6w38Os132YIy6FKSgJtXt6kRk36QO2xUM6IraJ3WVGwlknTe4KQwDcM04jblIVRaQ/s72-c/Asokraj-sidgel-Chief-geneal.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_75.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_75.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content