काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच बिहीबार टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार उनीहरूबिच भेटवार्ता हुने भएको हो ।
"प्रधानमन्त्री ज्यूले हिजो क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ’आज किन स्थगित भयो थाहा हुन सकेन ।’
आज नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग दिउँसो ४ बजे सिंहदरबारमा भेट्ने भएका छन् ।

प्रतिक्रिया