विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ, न्यायाधीश कार्कीको इजलासमा पेसी

580


१८ भदौ, काठमाडौं :
 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् ।

३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने कांग्रेस नेता तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालमा भएको थियो । खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

भुटानी शरणर्थाी ठगी प्रकरणको उजुरी प्रहरीमा परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसका आरोपीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सो क्रममा हाइप्रोफाइल व्यक्तिहरुको संलग्नता रहेको खुलेको थियो । यो प्रकरणमा तीन चरणमा गरी ठगी, राज्य विरुद्धको अपराध, संगठित अपराधलगायतको कसुर लगाइएको थियो ।

पहिलो चरणमा ११३ जना पीडितबाट परेका २८ वटा जाहेरीहरुको अनुसन्धान गरी ३० जनालाई प्रतिवादी बनाउँदै १० जेठ २०८० मा मुद्दा दायर भएको थियो । त्यसबेला ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो मागदाबी गर्र्दै मुद्दा दायर भएको थियो ।

यो मुद्दा अदालतमा गइसकेपछि फेरि पूरक जाहेरी परेको थियो । पूरक जाहेरीको १८ जनाबाट ५ वटा जाहेरी प्रहरीमा परेको थियो । दोस्रो पटक आङटावा शेर्पा, सागर राई, केशवप्रसाद दुलाल, सानु भण्डारी रामशरण केसी, गोकुल थापा र उनकी श्रीमती रमा थापाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला २ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको थियो ।

पहिलोपटक मुद्दा दर्त गरिएका ३० जना र दोस्रो पटक मुद्दा दर्ता पाँच जना पहिल्यै प्रतिवादी थिए भने गोकुल र रमालाई पनि प्रतिवादी बनाएपछि भुटानी शरणार्थीका प्रतिवादीको संख्या ३२ पुगेको हो । २०८१ असारमा बेचन झा पक्राउ परेपछि प्रतिवादीको संख्या ३३ पुगेको थियो ।

यसअघि बेचनलाई यकिन नाम ठेगाना नखुलेको भन्दै मुद्दा दायर भएको थिएन । उनीसँगै पक्राउ परेका रामबहादुर थापा बादलका छोरा प्रतिक भने यसअघि नै प्रतिवादी बनेका थिए ।

११ प्रतिवादी अझै फरार

यो प्रकरणमा ११ जना अझै फरार छन् । फरार हुनेमा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा ५० वर्षीय निरज राई, झापाको गौरादह नगरपालिका–१ का ३१ वर्षीय सुनिल बुढाथोकी, रौहतटको फतुहा हर्साह का ४२ वर्षीय निरन्जनकुमार खरेल, मोरङको शनिश्चरे नगरपालिका–१० कि ४० वर्षीया विनिता सावदेन लिम्बु, केशव दुलालकी श्रीमती दीपा हुमागाईं छन् ।

त्यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का ६० वर्षीय मोहनराज राई, गोकुल थापा र उनकी श्रीमती रमा थापा, काठमाडौंको जितपुर फेदीका ३० वर्षीय राजेश अर्याल, मोरङको कानेपोखरी–५ का ३९ वर्षीय धिरेन राई र इटहरी उपमहानगरपालिका–४ घर भइ अमेरिका बस्दै आएका अशोक पोखरेल छन् ।

११ जना पुर्पक्षका लागि कारागारमा

भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रतिवादी बनेका ३३ जनामध्ये २२ जना पक्राउ तथा अदालतमा उपस्थित भइसकेका छन् । जसमध्ये ११ जना पुर्पक्षमा कारागारमा छन् । ७ जना धरौटीमा रिहा भएका छन् । चार जना साधारण तारेखमा रिहा भएर जेल बाहिरै छन् ।

पूर्वउप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका सांसद तथा एमालेका नेता टोबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाकार इन्द्रजित राई, बादलकै छोरा प्रतिक, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, पूर्वसभासद तथा नेपाली कांग्रेसका नेता आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी, सागर राई र बेचन झा गरी ११ जना अहिले नख्खु र केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।

७ जना धरौटीमा बाहिरै

७ जना भने धरौटीमा रिहा भएर कारागार बाहिरै छन् । कारागार बाहिर हुनेहरुमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पीए नरेन्द्र केसी, हरिभक्त महर्जन, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, टोपबहादुर रायमाझीका छोरा सन्दीप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, रामशरण केसी धरौटीमा रिहा भएर अहिले कारागार बाहिर छन् ।

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधर भने साधारण तारेखमा छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,454,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,495,विचार,31,विज्ञान प्रविधि,26,विश्व,71,समाचार,468,स्थानीय समाचार,285,स्वास्थ्य,42,हाइलाइट,116,
ltr
item
ekrantikhabar: नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ, न्यायाधीश कार्कीको इजलासमा पेसी
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ, न्यायाधीश कार्कीको इजलासमा पेसी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqz6uhiqsr4LvyCFJf0Q6jPpxLuyPAEvFbMQgETt0qP0wD5eGzaSlQduBfslQFE17POJPDqusp4jb1fxgYDZ6Bfz7xVZg1DjuEsLutUT4o05GyA1PmWnffw93eURX00fCokKqG3ZYeAmcpJedwqA0lz2VOW1mfU7inkKuFWwy_VmjrKjGFivwlcRrzSWUj/s320/Top-bahadur-balkrishna-and-indrajit-1024x624.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqz6uhiqsr4LvyCFJf0Q6jPpxLuyPAEvFbMQgETt0qP0wD5eGzaSlQduBfslQFE17POJPDqusp4jb1fxgYDZ6Bfz7xVZg1DjuEsLutUT4o05GyA1PmWnffw93eURX00fCokKqG3ZYeAmcpJedwqA0lz2VOW1mfU7inkKuFWwy_VmjrKjGFivwlcRrzSWUj/s72-c/Top-bahadur-balkrishna-and-indrajit-1024x624.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_3.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_3.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content