नेपाली बजारमा सोमबार भदौ १६ गते सुनको मूल्यले फेरि नयाँ रकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।
आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोमा ४५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यको आइतबारको रेकर्ड आज तोडिएको हो ।
प्रतिक्रिया