भदौ ९ , काठमाडौं, : बर्दियाबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ।
मधुवन नगरपालिका-८ फुलराम चोकबाट मध्यराति भेपका ८ वटा कार्टुन बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिए।
उनका अनुसार ती कार्टुनमा एक हजार ९२० वटा भेप थिए। विशेष सूचनाको आधारमा खटिएको बिओपी शक्तिपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो।
भेप ४८ लाख रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले बताए।
दुई वटा साइकलमा भारततर्फ लग्दै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि आरोपी फरार भएका थिए।
बरामद भेप आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया