काभ्रेको बनेपा नगरपालिका– ४, थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ब्रान्डका मिति सकिएका तीन हजार ३० थान सिलिन्डर नष्ट गरिएको छ ।
मिति गुज्रिएका र हाइड्रोलिक टेस्ट फेल भएका सिलिन्डर उपभोगका दृष्टिले जोखिमयुक्त हुने भएकाले उद्योगपरिसरमा सरोकारवाला पक्षको रोहबरमा नष्ट गरेको सञ्चालक सावरमल अग्रवालले जानकारी दिए । दैनिक सात हजार पाँच सय सिलिन्डर रिफिल गर्दै आइरहेको सगरमाथा ग्यास उद्योगको बजारमा साढे चार लाख सिलिन्डर प्रयोगमा छन् ।
प्रतिक्रिया