विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

शैक्षिक मेलाको आडमा वीरगंजमा ठगी धन्दा, शिक्षाको गुणस्तरभन्दा पनि कमिशनको खेल, दुई नेपाली चेलीको रहस्यमय मृत्यु

580


नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा नेपालमा कथित शैक्षिक मेलाको नाममा भारतीय कलेजहरूले ठगी धन्दा पुनः सक्रिय बनाएका छन्। स्टडी ईन ईन्डिया एक्सपो मेला मार्फत पुनः भारतीय कलेजका नेपाली एजेन्टहरु सक्रिय भएका हुन । आकर्षक विज्ञापन, चम्किला पोस्टर, र मिठा आश्वासन दिँदै भारतका केही कलेजहरूले नेपाली विद्यार्थी र अभिभावकलाई भ्रममा पारेर ठग्ने कार्यलाई निरन्तरता दिएका छन ।    यस्ता मेलामा दिइने ग्यारेन्टी, छात्रवृत्ति र जागिरको  आश्वासनहरु  अधिकांश झूटा सावित हुँदै आएका छन्।

शिक्षाको गुणस्तरभन्दा पनि कमिशनको खेल यस्ता मेलाको पछाडि लुकेको छ। विद्यार्थीको भविष्य निर्माणभन्दा पनि दलाली संस्कारमा आधारित यस्ता गतिविधिले नेपाली विद्यार्थीको करियर र जीवन दुवै संकटमा पार्ने गरेका छन्।

तीन महिनामा दुई नेपाली विद्यार्थीको मृत्यु

भारतीय केलजमा नेपाली बिद्यार्थीको अवस्था दर्दनाक हुने गरेको तथ्य फेला परेको छ । 

भारतीय राज्य ओडिशास्थित प्क्ष्क्ष्त् विश्वविद्यालयमा  तीन महिनामा दुई नेपाली चेलीहरूको रहस्यमय मृत्युले चिन्ताजनक अवस्था सिर्जना गरेको छ। १६ फेब्रुअरी २०२५ बुटवलकी प्रकृति लाम्सालले यौन उत्पीडन र मानसिक त्रासका कारण आत्महत्या गरिन्। त्यस घटनाको बिरोध गर्दा नेपाली बिद्यार्थीलाई कलेज छोडेर जान कलेजले बाध्य बनाएको थियो र रातारात नेपाली बिद्यार्थीहरु भारत छोडेको घटना ताजा नै छ ।

ठिक तिन महिनापछि १ मे २०२५मा बिरगंज निवासी एक बी।टेक पहिलो वर्षकी चेली आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन्।दुबै घटनामा आत्महत्याको प्रारम्भिक रिपोर्ट भए पनि पीडित पक्ष र विद्यार्थीहरूका अनुसार उनीहरू लगातार मानसिक दबाव, उत्पीडन र प्रशासनको बेवास्ताको सिकार थिए।

एजेन्ट सक्रिय,सरकार मौन

भारतीय कलेजहरुले नेपाली बिद्यार्थीहरुको भबिष्य माथि खेलवाड गर्दा पनि यहाँका सरोकारवाला निकाय मौन बसेको देखिन्छ । त्यस्ता गम्भीर घटनापछि पनि नेपाल सरकारको निष्क्रियता अत्यन्तै खेदजनक रहेको विद्यार्थी संगठन र अभिभावकले आरोप लगाएका छन्। यता, भारतका कलेजका नेपालस्थित एजेन्टहरू भने अझ बढी सक्रिय बनेका छन्। ती एजेन्टहरूले सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन र मेलाहरूको माध्यमबाट हजारौं अभिभावक र विद्यार्थीलाई लोभ देखाउँदै भारत पठाउने तयारीमा छन्।

विद्यार्थीको भविष्यसँग खेलवाड

शिक्षा भन्नेबित्तिकै सुरक्षित, सुलभ र गुणस्तरीय हुनुपर्ने हो। तर आजको अवस्थामा, एजेन्टहरूको लालच, कलेजहरूको गैरजिम्मेवार ब्यवहार र सरकारले अपनाएको मौनताले गर्दा नेपाली विद्यार्थीहरू शारीरिक र मानसिक रूपमा जोखिममा परेका छन्।

यस्ता मेलाबाट हजारौ बिद्यार्थीहरु भारतको बिभिन्न कलेजमा ठगिको शिकार हुन्छन । प्रति बिद्यार्थीको नामांकन बापत कलेजहरुले नेपाली एजेन्टलाई भारतीय रुपैया ५० हजार देखि डेढ लाख सम्म कमिशन दिने गर्छन । यो शैक्षिक मेलाको मुख्य उदेश्य नेपाली बिद्यार्थीलाई ठग्ने र नेपाली शिक्षण संस्थालाई ध्वस्त बनाई देशलाई कंगाल बनाउने रहेको छ । 

शैक्षिक मेलाको नाममा भइरहेका यस्ता ढोंगी कार्यले नेपाली शिक्षा प्रणाली, भविष्य र युवा पुस्तासँग धोका गरिरहेको स्पष्ट देखिन्छ। सरकारले यथाशीघ्र यस्ता मेलाको नियमन, भारतीय कलेजको अनुगमन, र एजेन्टको पंजीकरण अनिवार्य गर्नुपर्छ। नभए, भोलीका दिनमा थप निर्दोष विद्यार्थीहरूको भविष्य अन्धकारमा पर्ने निश्चित छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,427,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,469,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,460,स्थानीय समाचार,279,स्वास्थ्य,42,हाइलाइट,108,
ltr
item
ekrantikhabar: शैक्षिक मेलाको आडमा वीरगंजमा ठगी धन्दा, शिक्षाको गुणस्तरभन्दा पनि कमिशनको खेल, दुई नेपाली चेलीको रहस्यमय मृत्यु
शैक्षिक मेलाको आडमा वीरगंजमा ठगी धन्दा, शिक्षाको गुणस्तरभन्दा पनि कमिशनको खेल, दुई नेपाली चेलीको रहस्यमय मृत्यु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbQs54XJAyJ0HYHBJVWaa6WbCqKvmLdJ9XXXjVG2tJABR2BJ7BFBuV2dnlDYuThaeGa-BIkRiEaOwkItYCPhyphenhyphenfJ8UilOmPRU7kIhPnadko0ArgR1d3ml9ub7rxoNTIUoHXM3vD4haAZg-hvhLg5_gmYYpGQKr35D-zGnnGRdq8m4oDD2-FiCpolySzplrK/w200-h200/download.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjbQs54XJAyJ0HYHBJVWaa6WbCqKvmLdJ9XXXjVG2tJABR2BJ7BFBuV2dnlDYuThaeGa-BIkRiEaOwkItYCPhyphenhyphenfJ8UilOmPRU7kIhPnadko0ArgR1d3ml9ub7rxoNTIUoHXM3vD4haAZg-hvhLg5_gmYYpGQKr35D-zGnnGRdq8m4oDD2-FiCpolySzplrK/s72-w200-c-h200/download.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_7.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_7.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content