बीरगंज : निजी बिधालयहरुको छात संगठन प्याब्सन महानगरले आफ्नो संस्था प्याब्सनमा आबद्द गर्ने उदेश्यले बीरगंज महानगरपालिका वडा नम्बर १४ मा रहेको फुरकान नेशनल एकेडेमी स्कुल र वडा नम्बर १६ मा रहेको नेशनल मोडल स्कुल नगवाको अनुगमन गरिएको प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिएका छन् ।
बिधालयको अनुगमन गर्ने क्रममा महानगरपालिकाले तोकेको शिक्षा नियमावली अन्तर्गत संचालनमा हुनुपर्ने बिधालयले आफ्नो सम्पूर्ण कर चुक्ता हुनुपर्ने बिधालयले आफ्नो अनुमतिपत्र लिएको शैक्षिकसत्र अध्यापन गराउनु पर्ने लगायत पालना गरेको खण्डमा प्याब्सनले आफ्नो सदस्य प्रदान गर्ने प्याब्सन नगर अध्यक्ष श्रीवास्तवले बताएका हुन ।
उनले बताए अनुसार प्याब्सन महानगर कमिटीले अनुगमन गरे पछि सदस्यताको लागि प्याब्सन जिल्ला कार्यसमिति पर्सालाई सिफारिस गरि तबमात्र जिल्लाले सदस्यता दिने ब्यवस्था रहेको बताए ।अहिले प्याब्सन संग आबद्द हुन धेरै बिधालयहरु आतुर रहेको बताउदै अहिलेसम्म प्याब्सनमा ५४ वटा निजी बिधालयहरु हामी संग जोडिएको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ।बिहीबार आचार्य एकेडेमी स्कुल ,सुफा एकेडेमी स्कुल ,गोल्डेन वाटिका हरपटगंज गरि ३ वटा बिधालयहरु रहेको नगर सचिव अमित आलोकले बताएका छन् ।
प्याब्सनले अहिले शिक्षा क्षेत्रको लागि धेरै उपलब्धि गरिरहेकाले प्याब्सन संग आबद्द हुन आतुर रहेको सचिव आलोकले बताएका हुन ।उनले भने गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत प्याब्सनले धेरै राम्रो काम गरिरहेकोले ग्रामीण भेगका बिधालय र बीरगंज भित्रका बिधालयहरु पनि आउने क्रममा रहेको बताएका छन् ।
प्रतिक्रिया