विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

भाद्र शुक्ल चतुर्थीका दिन गणेश जन्मोत्सव मनाइँदै

580


आज भाद्र शुक्ल चतुर्थीका दिन सनातन धर्मावलम्बीले भगवान् गणेशको जन्मोत्सव श्रद्धा र भक्तिभावसहित मनाइरहेका छन् । शिव र पार्वतीका पुत्रका रूपमा यस दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

भगवान् गणेशलाई सबै काममा बिघ्न हटाउने अर्थात् विघ्नहर्ताका रूपमा पूजिन्छ । हिन्दू धर्ममा गरिने सम्पूर्ण पूजा–आराधनाको प्रारम्भ गणेशको स्मरण र पूजा गरेर गरिन्छ भन्ने धार्मिक परम्परा छ । सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गर्ने’ भनाइ पनि यही विश्वाससँग जोडिएको छ ।

गणेशका अनेकौं नाम छन्— ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीमुख भएकाले गजानन, गणका स्वामी भएकाले गणपति, विघ्न हटाउने भएकाले विघ्ननाशक, देवप्रिय भएकाले सुरप्रिय र विनायक नामले समेत पुजिन्छन् ।

पुराणअनुसार पिता शिवले कुनै बेला नचिनेर गणेशको टाउको काटिदिएका थिए र पछि हात्तीको शिर जोडिदिएको उल्लेख पाइन्छ । अर्को कथाअनुसार जन्मे लगत्तै शनिको दृष्टि पर्दा शिर नष्ट भई हात्तीको टाउको गाँसिएको जनश्रुति छ ।

काठमाडौँ उपत्यकाका सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक मन्दिरमा बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ । विशेष पूजा, भजन–कीर्तन र दर्शनमा भक्तहरू सहभागी भएका छन् ।

भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । विश्वास गरिन्छ— यो दिन चन्द्रमा हेरे चोरीको दोष लाग्छ । यसपालि चतुर्थीको चन्द्रमा मंगलबार परेको खगोलीय पञ्चाङ्गविद्हरूले बताएका छन् ।

गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ । कतिपय स्थानमा भव्य गणेश रथयात्रा निस्किन्छन् ।

नेवार समुदायमा यस दिनलाई चथाः भनिन्छ भने तराई–मधेशमा चौठचन्द्रका नामले पर्वको विशेष महत्त्व छ । तराईमा साँझपख केटाकेटीहरूले काँक्रा, फलफूल र तरकारी चोरी गर्ने सांस्कृतिक चलन समेत रहिआएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,430,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,470,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,461,स्थानीय समाचार,280,स्वास्थ्य,42,हाइलाइट,110,
ltr
item
ekrantikhabar: भाद्र शुक्ल चतुर्थीका दिन गणेश जन्मोत्सव मनाइँदै
भाद्र शुक्ल चतुर्थीका दिन गणेश जन्मोत्सव मनाइँदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBJledswGEoG7kGNI88LQ4sYzvK_jfd4aPFqaPoIvCcQZizxxv5j_r5S0c6LyUEjbmurYVUZ4fIl3OJcGjZnNQOw91eEBjJRQUG_6IgUKbqGVgy2r2STYOkzw9EtvAqOt74wMNQ40GqHaR4ss-kqmrG2bWwh3j3XeJ276BrbO3CAPDWYJiCmz-viHMvR7W/s320/ganesh.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBJledswGEoG7kGNI88LQ4sYzvK_jfd4aPFqaPoIvCcQZizxxv5j_r5S0c6LyUEjbmurYVUZ4fIl3OJcGjZnNQOw91eEBjJRQUG_6IgUKbqGVgy2r2STYOkzw9EtvAqOt74wMNQ40GqHaR4ss-kqmrG2bWwh3j3XeJ276BrbO3CAPDWYJiCmz-viHMvR7W/s72-c/ganesh.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_47.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_47.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content