नेकपा एमालेका सांसद प्रभु हजराले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुरमा सुरु हुनलागेको नाला तथा सडक ढलान निर्माण कार्यको आज स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन ।
सांसद हजराले आईतवार सहरी बिकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा बिनियोजित ३ करोड लागतमा सुरु हुनलागेको नाला तथा सडक ढलान निर्माण कार्यको स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन ।
सांसद हजराले आम नागरीकको चाहना अनुसारको आगामी आर्थिक वर्षको बजेटमा बिनियोजित पर्सा जिल्लामा करोडौं रुपैया बराबरको बिभिन्न बिकास परियोजना समावेश गराउन सफल भएसंगै ईतिहास रच्दैं गरेको अवस्था देखिएको छ ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इञ्चार्ज समेत रहेका सांसद हजराको सक्रियतामा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २० मा ३ करोड, वडा नम्बर २१ स्थित पटेलनगरमा सडक निर्माणका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गराएका छन ।
यसैगरी उनले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि पनि ३ करोड, वडा नम्बर २ मा सडक निर्माण गर्न ३ करोड र वडा नम्बर १६ मा अवस्थित भुटनदेवी माई मन्दिर परिसरमा पार्क निर्माणको लागि १ करोड २८ लाख रुपैयाँको बजेट विनियोजन गराउन सफल भएका हुन भने, सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) महानगरपालिकाले तयार समेत गरिसकेको छ ।
यति मात्र होईन्न सांसद हजराको सक्रियता तथा पहलले गर्दा वीरगञ्ज महनगरपालिकाको वडा नम्बर ३० लालपर्सामा कब्रस्तानको पर्खाल निर्माण गर्न ९० लाख, वडा नम्बर २३ प्रसौनीमा सडक निर्माण गर्न १ करोड ४५ लाख, वडा नम्बर ३१ बेलवा, ३२ चोर्नी र १५ नम्बर लक्षुमणवामा समुदायीक भवन निर्माण गर्न १÷१ करोड गरि ३ करोेड छुट्टाछुट्टै रकम ०८०÷०८१को बजेटमा समावेश गराउन सफल भएको र कतिपय बिकास परियोजनाहरुको काम अन्तिम चरणमा समेत पुगी सकेको देखिएको छ ।
सांसद हजराको पहलमा समावेश हुनपाएको यो एतिहासीक बिकास परियोजनाले अहिले जिल्ला भरी चर्चाको बिषय बनेको छ, भने आम नागरीकले सांसद हजरा प्रति छुटैं भावना ब्यक्त गरिरहेका छन ।
पर्सा जिल्लाका विभिन्न विद्यालयहरूमा भवन निर्माण, शिक्षक दरबन्दी पूर्ति, शिक्षण गुणस्तर सुधार तथा सरकारी शैक्षिक योजनाहरूको प्रभावकारी कार्यान्वयनमा उहाँले विशेष ध्यान दिनुभएको छ, भने दलित समुदायबाट निर्वाचित प्रतिनिधिको रूपमा उहाँले सामाजिक न्याय, आरक्षण, समान अवसर र भेदभाव अन्त्यको पक्षमा सडक देखि सदन सम्म दुवै स्तरमा निरन्तर अवाज उठाउदै आएका हुन ।
सांसद हजराले निर्माण कार्यमा देखाएका सक्रियता सराहनिय रहेको भन्दै अनुगमनको क्रममा सोलखपुरको प्रेम टोलका स्थानिय जनताले उनलाई आज खादा टिका लगाएर सम्मान समेत गरेका थिए । सो अवरसमा वडा अध्यक्ष जितेन्द्र यादवले सोलखपुरको लागी यो नाला तथा सडक ढलानको योजना एतिहासिक रहेको भन्दै सांसद हजरालाई धन्यवाद ज्ञापन गरेका थिए । उनी भन्छन सडक नभएर प्रेम टोलका जनताले बिगत लामो समय देखि दुख भोग्दै आएका थिए । सांसद हजराको सक्रियताका कारण प्रेम टोलबासीका लागी अब खुशिको दिन आएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हजराले देश र जनताको बिकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए । बिकास रहेको ठाउमा मात्र बिकास नगरि छुटेका ठाउँलाई प्राथमिकतामा राखेर योजनाहरु समावेश गराउने काम आवश्यक रहेको उनले टिपण्णी गरेका थिए । उनले भने आम नागरीकको भावनाको कदर गर्दै सबैका साथ र सबैका बिकास हुने अभियान अन्तर्गत आफु निरन्तर क्षेत्रका कार्यकर्ताहरुसंग भेटघाट तथा क्षेत्रमा अनुगमन गरेर बिकास नभएका ठाउँहरुमा आफु योजना समावेश गराउने र क्षेत्रलाई समग्रह रुपमा बिकसित बनाउने भिजन रहेको बताए ।
सो अवसरमा नेकपा एमालेका पर्सा जिल्ला कमिटि सदस्य अर्चना अधिकारी, सघन सहरी तथा बिकास कार्यालय वीरगञ्जका ईन्जीनियर रमेश गुप्ता लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया