वीरगञ्ज: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्सामा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
प्रहरी निरीक्षक भट्टले विभागीय मूल्य मान्यता, निर्देशन र आदेशअनुसार ईमान्दार, बफादार, कर्तव्यनिष्ठ तथा अनुशासित ढंगले कार्यसम्पादन गर्दै आएका छन्। उनले हालै सम्पन्न आर्थिक वर्षमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्ला ट्राफिक कार्यालयहरूमध्ये वीरगंज पर्सालाई उच्च राजश्व संकलन गराउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, कार्यसम्पादन सम्झौताअनुसार लक्ष्य प्राप्तिमा उल्लेखनीय योगदान पुर्याउनुका साथै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरूको सञ्चालनमा पनि विशेष सक्रियता देखाएका कारण उनलाई पुरस्कृत गरिएको हो।
नेपाल प्रहरी नियमावली, २०७१ को परिच्छेद १५, नियम १९७ को उपनियमअनुसार प्राप्त अधिकार प्रयोग गर्दै उनलाई रु १,३०० नगद पुरस्कार प्रदान गरिएको छ। साथै, असार महिनाको उत्कृष्ट कार्यसम्पादन अवार्ड मार्फत पनि सम्मानित गरिएको छ।यस सम्मानबाट अन्य प्रहरी कर्मचारीहरूमा पनि कार्यप्रति थप उत्साह, प्रेरणा र सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
-1753246865.jpg)
प्रतिक्रिया