वीरगन्ज- पर्सा जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामनारायण कुर्मी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा कुर्मी निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी अजयकुमार श्रीवास्तवलाई ३० मतको फरािकलो अन्तरले पराजित गर्दै अध्यक्षमा कुर्मी निर्वाचित भए ।
अध्यक्षमा निर्वाचित कुर्मीले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रीवास्तवले ३१ मत पाए भने अध्यक्ष पदकै अर्का उम्मेदवार श्यामसुन्दर दासले भने ७ मतमात्रै पाए। अध्यक्षमा निर्वाचित कुर्मी नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष पनि हुन् ।
यसैगरी उपाध्यक्षमा अनिरुद्रप्रसाद सिंह निर्वाचित भएका छन् । ५० मतका साथ उनि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जाकिर हुसेनले ४१ मत र अर्का उम्मेदवार हिरा ठाकुर लोहारले ९ मत पाए। सचिवमा प्रतिमा चौरसिया ६० मतकासाथ निर्वाचित भएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी हरिशंकर चौहानले २१ मत र अर्का उम्मेदवार सुरेश पण्डितले १९ मत प्राप्त गरे।
यसैगरी कोषाध्यक्षमा अमय कुमार दास ६३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नगनारायण प्रसादले १९ र अर्का उम्मेदवार मेराज मियाँले १६ मत पाए।
सदस्यमा जितेन्द्र पटेल,श्रीराम राउत कुर्मी,राजेश्वर यादव,सुदामा दहित,आशुतोष तिवारी,नरेन्द्र साह,रोशनी श्रेष्ठ र विनोद दास निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए।
नव निर्वाचित अध्यक्ष कुर्मीले सहज र पारदर्शिताका साथ न्याय प्रवाह गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन । उनले भने सहज,सरल र पारदर्शिताका साथ न्याय प्रवाह गर्नु अहिलेको आवश्यकता रहेको छ, न्यायका उपभोक्तालाई सहज सरल तरिकाले न्याय प्रवाह गर्न पहल गर्न आफु अग्रसर रहेको बताउदैं यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन । अधिवक्ता कुर्मीले भने कमिकमजोरी हरेक ठाउँमा हुनेगर्छ, न्याययीक क्षेत्रमा देखिएका कमिकमजोरीलाई समाधानको बाटोमा ल्याउन सबैको जिम्मेवारी रहेको हुनाले हरेक तहतपकाका अगुवा तथा बुद्धिजिविहरुलाई आफ्नो भुमिका निर्वाह गर्न उनले आग्रह समेत गरेका थिए ।
प्रतिक्रिया