पर्सा : संघीय निजामति सेवा ऐन तत्काल जारी गर्न तथा कर्मचारीका जायज मागहरू पुरा गर्न माग गर्दै मालपोत कार्यालय पर्साका निजामति र करार कर्मचारीहरूले सोमबार पनि कालोपटी बाँधेर विरोध प्रदर्शन गरेका छन्।
कर्मचारीहरू केन्द्रीय सर्कुलरको आधारमा आईतबार देखिनै देशव्यापी आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत कर्मचारीहरूका अनुसार मागहरू सम्बोधन नभए सम्म अनिश्चितकालीन आन्दोलन जारी रहने जानकारी दिए ।
उनीहरूले सरकारसँग स्पष्ट रूपमा संघीय निजामति ऐन पारित गरी कार्यान्वयनमा ल्याउन, सेवा सुरक्षाको ग्यारेन्टी गर्न र करारमा कार्यरत कर्मचारीहरूको हकहित सुनिश्चित गर्न आग्रह गरेका छन्।
मालपोत कार्यालय संगै पर्साका सम्पुर्ण निजामति र करारका कर्मचारीहरु बिहान देखि नै हातमा कालोपटी बाँधेर बिरोध प्रर्दशन गरिरहेको एक कर्मचारीले बताए ।

प्रतिक्रिया