$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पकहाँमैनपुरका एम्बुलेन्स चालक मदिरामा माते, ज्यान जोखिमको अवस्था, देखिएन पालिकाको कुनै एक्सन

580


पर्साको पकहाँमैनपुर गाँउपालिकामा एम्बुलेन्स चालकले मादक पदार्थ  (मापसे) गरेर सवारी चलाएको घटनाले स्थानीयबासीहरुमा गम्भीर चिन्ता र आक्रोश उत्पन्न गरेको छ । बिरामीको सेवामा प्रयोग हुने एम्बुलेन्स जस्ता सवेदनशिल सवारीका चालकले मादक पलार्थ (मापसे) गरी गैरजिम्मेवार र आपराधिक कृयाकलापले बिरामीहरुको जिवन जोखिममा पार्ने अवस्था देखिएको हो । 

आईतवार राती करिव ९बजेको समयमा पकहाँ स्वास्थ्य चौकीबाट एक जना गर्भवती महिलालाई घर पुर्याउन जाने बेला सोही स्वास्थ्य चौकीका एम्बुलेन्स चालक मदिरा (मापसे)बाट मातेको अवस्थामा अस्वाभाविक हर्कत गरेको देखिएको हो । 

गर्भवती महिलाको डिलेभरी (बच्चा) समान्य तरिकाले भएपछि परिवाजनमा खुसीयाली आएको थियो तर घर पुर्याउने बेला बाटोमा एम्बुलेन्स चालकले देखाएको कृयाकलापका कारण आफन्तजनमा चिन्ता र  डर त्रासको अवस्था सृजना गरेको थियो । 

भर्खरैका बच्चा र पिडामा रहेकी आमा सहित परिवारजन समेत बोकेको एम्बुलेन्स चालकले अनुचित तवर तथा तेज गतिमा सवारी चलाएका थिए । एम्बुलेन्समा सवार विरामीका परिवारजनले चालकको हर्कत देखेर हल्ला गरेका थिए , हल्ला सुनेर स्थानीयले एम्बुलेन्सलाई रोकी बच्चा, आमालाई मोटरसाईकलबाट घर पुर्याईएको एक जना स्थानीयले जानकारी दिए । उनले भने मदिरामा मातेका चालकले एम्बुलेन्स बन्द रहेको बाटोमा सवारी चलाउन जबरजस्ती गरेका थिए । एम्बुलेन्स चालक मदिरामा मातेर उनको अवस्था बिजोर थियो तै पनि स्थानीयमा आक्रोस देखेर सवारी जबरजस्ती चलाएर घटना स्थलबाट भागेको जानकारी दिएका छन । 

अनुचित तवरले चलाईरहेको एम्बुलेन्स स्थानीयले नरोको भए आईतवार राती नसोचिएको घटना घटने सम्भावना रहेको एक जना स्थानीय युवा चंदन पटेलले जानकारी दिए । 

पकहाँमैनपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक हुन मनोज यादव उनी मदिरा सेवन गरेर सवारी चलाएको घटना पहिलो पटक होईन यस्ता कृयाकलाप उनी कतिपय पटक गरेको पाईएको छ, तर राजनीतिक पहुचको भरमा आफु सुरक्षीत हुनेगरेको देखिएको छ । 

मादक पदार्थ (मापसे) मा मातेर सवारी चलाउनु र कमिशनको प्रलोभनमा आफ्नो तरिकाले निजि अस्पतालमा बिरामीलाई पुर्याउने गरेको कार्यले सधै बिवादको घेरामा रहेका मनोज यादव गैरजिम्मेवारी र अपराधिक कृयाकलापमा माहिर देखिएका छन । उनको लागी कुनै कानुन छैन, नेता तथा पकहाँमैनपुर गाँउपालिका प्रमुख सुरेश मेहता र उपप्रमुख सर्फुनेशा खातुन समेतको नजिकको पात्रको रुपमा रहेको स्थानीयहरु बताउछन । 

एम्बुलेन्स चालकको आईतवार राती देखिएको गैरजिम्मेवार र अपराधिक घटनाले पालिका भरी डरको माहौल सृजना गरेको छ, भने आम जानता आक्रोशीत छन । 

पकहाँमैनुर गाँउपालिकाको जनप्रतिनिधि तथा पालिकाको तर्फबाट यो घटनाको बारेमा कुनै किसिमको एक्सन तथा चासो अहिले सम्म देखिएको छैन । 

पहिला जस्तै यसपालीको घटना बारे जनप्रतिनिधिहरुले आफुलाई बेखबर देखाउदै घटनालाई दबाउने सेटिङ्ग भईरहेको नाम छापने शर्तमा एक जना कर्मचारीले बताएका छन । 

यता यस बिषयमा पालिका प्रमुख मेहता, उप प्रमुख खातुन र प्रशासकिय अधिकृत देवनाथ साहसंग बुझ्न खोज्दा फोन समेत उठेन, भने गैरजिम्मेवारीपनको दोस्रो रुप समेत देखाएका छन । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,533,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,617,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,602,स्थानीय समाचार,308,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: पकहाँमैनपुरका एम्बुलेन्स चालक मदिरामा माते, ज्यान जोखिमको अवस्था, देखिएन पालिकाको कुनै एक्सन
पकहाँमैनपुरका एम्बुलेन्स चालक मदिरामा माते, ज्यान जोखिमको अवस्था, देखिएन पालिकाको कुनै एक्सन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjciasQlVtJh-UmO_3YNVg0gHxs4ByITz9Rv3PKeRk_wgibrETUzjCW5BJ8EtSGz6bbaT6PrgiKaFQxMBu5x1a8UJazh_FL3NLUIEZjQej_ZODPoVjDKfY5z9AVRqfVTlDfWmt6ghKK-qSzTOR5JilieRcEyF2VeE13L-21FaSfEq9bDsRfFlPXoyk3YkEj/s320/39bf465c-07da-4572-b67f-c8b8227c586e.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjciasQlVtJh-UmO_3YNVg0gHxs4ByITz9Rv3PKeRk_wgibrETUzjCW5BJ8EtSGz6bbaT6PrgiKaFQxMBu5x1a8UJazh_FL3NLUIEZjQej_ZODPoVjDKfY5z9AVRqfVTlDfWmt6ghKK-qSzTOR5JilieRcEyF2VeE13L-21FaSfEq9bDsRfFlPXoyk3YkEj/s72-c/39bf465c-07da-4572-b67f-c8b8227c586e.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_50.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_50.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content