बिरगंज: माननीय प्रभु हजरा पर्सा जिल्लाबाट प्रतिनिधि सभामा सदस्य तथा समर्पित राजनीतिक नेता हुनुहुन्छ। उहाँले जिल्लाको समावेशी विकास र जनताको जीवनस्तर उकास्न विविध क्षेत्रहरूमा उल्लेखनीय पहल र योगदान गर्दै आउनुभएको छ।
उहाँको भूमिकालाई निम्नानुसार स्पष्ट गर्न सकिन्छ ।
॰प्रतिनिधिसभामा सशक्त आवाजको रूपमा योगदान
प्रभु हजरा ज्यूले सांसदको रूपमा पर्सा जिल्लाको विकास, दलित समुदायको हकहित, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, सामाजिक न्याय र समावेशीताका सवालमा निरन्तर संसदमा आवाज उठाउँदै आउनुभएको छ। उहाँको सक्रियता संसदका विविध सत्रहरूमा स्पष्ट देखिन्छ।
॰शिक्षा क्षेत्रमा सुधारको पहल
पर्सा जिल्लाका विभिन्न विद्यालयहरूमा भवन निर्माण, शिक्षक दरबन्दी पूर्ति, शिक्षण गुणस्तर सुधार तथा सरकारी शैक्षिक योजनाहरूको प्रभावकारी कार्यान्वयनमा उहाँले विशेष ध्यान दिनुभएको छ।
॰स्वास्थ्य सेवाको सुदृढीकरण
उहाँले नारायणी अस्पतालको सेवा विस्तार, आधुनिक उपकरणहरू खरिद, विशेषज्ञ चिकित्सकहरूको व्यवस्था लगायत स्वास्थ्य सेवाको पहुँच विस्तारमा केन्द्र सरकारसँग समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
॰पूर्वाधार तथा भौतिक विकासमा अग्रसरता।
सडक निर्माण, सिचाइ सुविधा, खानेपानी, बिजुली जस्ता आधारभूत पूर्वाधार विकासमा प्रभु हजरा ज्यूको सक्रियता उल्लेखनीय छ। गाउँदेखि शहरी क्षेत्रसम्म विकास बजेट विनियोजन गराएर उहाँले संरचनात्मक सुधारमा टेवा पुर्याउँदै आउनुभएको छ।
॰दलित तथा पछाडि पारिएका वर्गको उत्थानमा समर्पण
दलित समुदायबाट निर्वाचित प्रतिनिधिको रूपमा उहाँले सामाजिक न्याय, आरक्षण, समान अवसर र भेदभाव अन्त्यको पक्षमा संसदभित्र र बाहिर दुवै स्तरमा निरन्तर पहल गर्दै आउनुभएको छ।
॰युवाको स्वरोजगार तथा सीप विकासमा जोड
देश बाहिर जाने बाध्यता कम गर्न स्थानीय स्तरमा स्वरोजगार, उद्यमशीलता तथा सीप विकासका कार्यक्रमहरूमा प्रभु हजरा ज्यूले प्राथमिकता दिएका छन्। तालिम, अनुदान तथा सहुलियतपूर्ण कार्यक्रमहरूको प्रवर्द्धन उहाँको नीति अनुरूप रहेको छ।
॰खेलकुद क्षेत्रको प्रवर्द्धन
युवा तथा खेलकुद विकासको क्षेत्रमा पनि उहाँको सक्रियता देखिन्छ। विशेषगरी वीरगञ्जको नारायणी रंगशाला निर्माण तथा स्तरोन्नतिको लागि उहाँले पटक–पटक संसदमा आवाज उठाउनु भएको छ।

प्रतिक्रिया