नितनपुर, बारा : नबिल बैंक लिमिटेडको संस्थागत मूल्य अनुरूप कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको सडक दुर्घटनामा घाइते भएका दुई युवालाई निकै साहसिक तवरले उद्धार गरेका छन्। यस घटनाले बैंकको सामाजिक सरोकार र नागरिक दायित्वको अभ्यासलाई जीवन्त बनाएको छ।
बिहान १०ः५० मा शालीमार एग्रो फार्म नजिकै नम्बर २५ प ५३ को मोटरसाइकल सडक डिभाइडरमा ठोकिएर दुई सवार गम्भीर रूपमा घाइते भएका थिए। प्रदिप पासवानको टाउकोमा गहिरो घाउ लागेको भए पनि घटनास्थलमा एकत्रित भीडले सहयोग गर्नुको सट्टा मोबाइलमा भिडियो बनाउने काममा व्यस्त थिए।
त्यसै समयमा कार्यालयको कामले जितपुर जाँदै गरेका सन्तोष साहले घटना प्रत्यक्ष देखे र आफ्नो कार रोकेर तुरुन्तै हस्तक्षेप गरे। उनले घाइतेहरूको शिरमा कपडा बाँधेर रक्तस्राव रोके र तीव्र गतिमा नजिकैको नारायणी वयोध्या अस्पताल पुर्याए। अस्पताल प्रशासनले उनको कार्यलाई, उदाहरणीय सामाजिक नेतृत्वू बताएको छ।
सन्तोष यसअघि पनि तीन जनाको जीवन बचाएका थिए।

प्रतिक्रिया