विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

‘गणतन्त्र जनताको व्यवस्था हो, यसमा कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुन: ओली

580


काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमा कमजोरी भए व्यवस्थाको नभई निर्णयकर्ताको कमजोरी हुने बताएका छन्। काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजना गरिएको गणतन्त्र दिवसलाई सम्बोधन गर्दै निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुने बताएका हुन्।

‘गणतन्त्र जनताको व्यवस्था हो। यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुनसक्छ । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ। राजतन्त्रलाई प्रश्न भन्दा माथि राखिन्थ्यो, गणतन्त्रमा आलोचना बाहिर कोही रहन्नन्। आज तपाईं सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ। हामी सरकार बदल्न पाउँछौं, निडर भएर लेख्न, बोल्न पाउँछौं। अर्काको अधिकारमा दख्खल नदिइ आफ्नो अधिकारको वकालत गर्न पाउँछौं। किनभने हामी गणतन्त्रमा छौं। यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले जनताले हिजो सिंहदरबार र नाराणहिटी, गेट बाहिरबाट हेर्ने गरेको तर आज त्यहाँभित्र पस्ने सुविधा रहेको बताए। 

‘गणतन्त्र जनताको शासन हो, उनीहरुले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन्। हिजो रेडियोले समाचारका रुपमा हुकुम मात्र बजाउँथ्यो, आज, सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिन्छन्,’ उनले भने।

गणतन्त्रलाई नारामा होइन, व्यवहारमै संस्थागत गर्दै लैजानुपर्ने आजको कार्यभार रहेको बताए।

‘हिजोको निरंकुशतन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र, गणतन्त्रका कारण सम्भव भएको हो। हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रवन्ध भएको छ, त्यो गणतन्त्रको देन हो। निरंकुश राजतन्त्रले उपभोग गरेका विलासी अढाइसय वर्ष भन्दा गणतन्त्र स्थापना भएको १७ वर्षमा कयौं गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ। बंशीय शासनका अभिन्ताहरुले गणतान्त्रिक व्यवस्थाको लाभ लिंदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित ‘स्पोन्सर्ड’ सामग्री भन्दा बाहिर गएर तथ्यहरूको अध्ययन गर्‍यौं भने हामी यससम्बन्धी स्पष्ट चित्र देख्न सक्ने छौं,’ उनले भने। 

इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भएको प्रधानमन्त्री ओलीले बताए। 

जनतासँग भएका सम्झौताहरूलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेको पनि उनले स्मरण गरे।

‘जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ। तर स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन। हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइ सय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन। स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन। इतिहास स्मरण गर्ने हो–मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो,’ उनले भने।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,524,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,615,विचार,35,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: ‘गणतन्त्र जनताको व्यवस्था हो, यसमा कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुन: ओली
‘गणतन्त्र जनताको व्यवस्था हो, यसमा कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुन: ओली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitachAM4hiZmg2CNnaIwllG56EFguzGBEHtZgcamGmh9DRHKUGI9gyefclgEO-1EouE_9tKaeykr0TdPpon8Px4cWYWpuTjXmuhOtKQ87MNO_bnVuiAy8bg3jQUoell461iaPi_R8sT66uzd_PR3_g0c92aZKKa2RCY5XYKMoeTp5axfAVcqs-dUbnv-UU/s320/WhatsApp-Image-2025-05-29-at-11.31.26-1748500177.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitachAM4hiZmg2CNnaIwllG56EFguzGBEHtZgcamGmh9DRHKUGI9gyefclgEO-1EouE_9tKaeykr0TdPpon8Px4cWYWpuTjXmuhOtKQ87MNO_bnVuiAy8bg3jQUoell461iaPi_R8sT66uzd_PR3_g0c92aZKKa2RCY5XYKMoeTp5axfAVcqs-dUbnv-UU/s72-c/WhatsApp-Image-2025-05-29-at-11.31.26-1748500177.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/05/blog-post_99.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/05/blog-post_99.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content