वीरगञ्ज महानगरपालिकाले आज शोक विदा दिएको छ । वीरगञ्ज महानगरपालिकामा कार्यरत अधिकृत स्तर छैठौं तहका झुना महराको असामयिक निधनको शोकमा आज विदा दिएको हो । महराको वैशाख १८ गते निधन भएको हो।
वीरगञ्ज महानगरपालिकाले उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरपालिकाले दिवंगत महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
साथै महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।
प्रतिक्रिया