वीरगञ्ज– अहिले अत्यधिक गर्मी हुन थालेपछि विद्यार्थीहरुलाई राहत होस् भन्ने उदेश्यले पंखा वितरण गरिएको छ।
उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज महानगरपालिका वार्ड न. ३२ टेढा स्थित श्रीमती मनमिश्र आधारभुत बिद्यालयमा अध्यानरत कक्षा शिशु देखी कक्षा ८ सम्म अध्यन्नरत ६९६ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ८ आठ थान सिलिङ्ग पंखा उपलब्ध गरिइएको हो।
एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्रधानाध्यापक राजाराम साहलाई उक्त पंखा हस्तान्तरण गरेकी हुन । कार्यक्रममा समाजिक अभियन्ता प्रकाश संस्थाको अभिभावक श्री पद्मा देबी सरावगी तथा सदस्य अंकुर शर्मा तथा बिद्यालयको शिक्षक कृष्णमुरारी प्रसाद कलवार एवम् शिक्षक शिक्षिका ,स्थानीय बासिन्दाहरु अभिभावकहरु र बालबालिकाहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया