पर्सा- नेकपा एमाले पकाहाँमैनपुर गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम अधिवेशन अध्यक्ष मण्डलका सदस्य तेजप्रकाश निषादको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवंम पर्सा ईन्चार्ज प्रभु हजराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
वैशाख २१ गते सम्पन्न अधिवेशनको अध्यक्ष मण्डलको बैठकबाट सर्वसम्मतिमा अकलेश कुमार साह अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा सन्तोष कुमार चौरसिया, सचिवमा राजेश सहनी, उप–सचिवमा रामबाबु प्रसाद चौरसिया र महिला उप–सचिवमा चाँदनी देवी चयन भएका छन ।
३८ सदस्यीय पालिका कमिटीमा विजय कुमार पाण्डे, खोभारी राउत कुर्मी, सुरज पटेल, सकुन्तला देवी, दिन दयाल राम, गया प्रसाद चौहान, उपेन्द्र सहनी, लक्षन देव साह, लिलेश चौहान, बृज मोहन प्रसाद चौहान, लाल मुनि देवी, रम्भा देवी, महेन्द्र राउत कंकर, जान महमद, जटा शंकर साह तेली, जनक माझी, ललिता कुमारी माली, कलिता देवी, बृज किशोर यादव, मदन स्वर्णकार, अनिरुद्ध यादव, कृष्ण पटेल, राम प्रवेश बैठा, गिरीजा देवी अहिरिन, गिता देवी, मुन्नी ठाकुर, शिव पुजन बरै, रन्जीत चौरसिया, अनवत राम, सिकेन्द्र सहनी, जैनव खातुन, गिता देवी लगायतका रहेका छन, भने लेखा समितिको अध्यक्षमा हमिद मिया, उपाध्यक्षमा मुक्ती चौहान, सचिवमा रविन्द्र चौरसिया, सदस्यहरूमा मखु दास तत्वा र मदन साह कानु चयन भएका थिए ।
कार्यक्रममा नव–निर्वाचित कमिटीलाई बधाई दिँदै एमाले नेता हजराले पार्टीको बिधि बिधान र सिद्धान्तलाई आत्मसाथ गरेको संगठन बिस्तारमा लाग्न आग्रह गरेका थिए । उनले संगठन बिस्तार कार्यलाई पहिलो प्राथमिकतामा राखेर ग्रासरुटमा काम गर्न आवश्यक रहेको बताएका थिए । पालिकामा गुट उपगुटलाई समाप्त पारी एकजुट भएर सङ्गठन विस्तार तथा स्थानीय स्तरमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका थिए ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ मनमोहन नगर स्थित रहेको एमाले पार्टी कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा नेकपा एमाले पर्सा जिल्ला कमिटीका सचिवालय सदस्य ओमप्रकाश गुप्ता, कौशल साह, सदस्य सुरेन्द्र सहनी, प्रमोद राज पटेल, उमरावती देवी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव सुमित रौनियार स्थानीय नेता रामशेवक पडिंत, रामबाबु प्रसाद चौरसिया, जाहुल हक अंसारी लगायतका कार्यकर्ता तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया