पर्सा- जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी सङ्घले पनि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सङ्गठन दर्ता गराएको छ । युनियनका जिल्ला अध्यक्ष हरिन्द्र साहको नेतृत्वमा ¥यालीसहित पुगेको टोलीले ठाकुरराम क्याम्पस स्ववियु निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सङ्गठन दर्ता गराएको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) गठन गरेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको तालिका अनुसार आज वीरगञ्जको ठाकुररामसहित देशभर रहेका त्रिविको आङ्गिक क्याम्पसहरूमा संघ÷सङ्गठन दर्ताको कार्यक्रम रहेको थियो ।
कार्यक्रममा परिवर्तनको मुल अधार समाजवादी विद्यार्थी युनियन रहेको पर्सा अध्यक्ष साहले दावी गरेका छन । उनले क्याम्पसमा देखिएका हरेक समस्या समाधान तथा बिधार्थीहरुको हक हितका लागी समाजवादी विद्यार्थी युनियन सधैं अग्रसर रहेको भन्दै मतदान गरेर नेतृत्वमा ल्याउन आग्रह समेत गरेका थिए ।
सङ्गठन दर्ता गर्ने क्रममा ठाकुरराम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति एवम् जसपाका नेता मुकेश द्विवेदी, जसपा नेता तबरेज अहमद, जसपा वीरगञ्ज महानगर इकाई कमिटीका अध्यक्ष ईश्वर चन्द्र यादव, समाजवादी विद्यार्थी युनियनका महासचिव निखिल बरनवाल, केन्द्रिय सदस्य राकेश कालवार, पनालाल यादव र राज साह लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
चैत ५ गतेको लागि तोकिएको निर्वाचनअन्तर्गत आज संघ÷सङ्गठन दर्ता कार्यक्रम सम्पन्न भए पछि । फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।

प्रतिक्रिया