विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन प्रभु साहको माग

580


काठमाडौं- 
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले विदेशी एप्सहरूले नेपालबाट खर्बौं रुपैँया लगिराखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारको ध्यनाकर्षण गरे ।

फेसबुक, युट्युब, ट्वीटर, गेमिङ, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशीरहेको उल्लेख गर्दै उनले यस सम्बन्धमा सरकारको योजना के छ भनेर माग गरे । 

संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकता अनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन भन्ने उनको प्रश्न छ । ‘अहिलेको आवश्यकता अनुसार हामीले आफ्नै नयाँ एप्स विकास गर्नै नसक्ने हो रु’ उनको प्रश्न छ ।

विदेशी एप्स नेपालीहरूले जसरी चलाएका छन् त्यसरी नै चलाउन सक्ने गरी आफ्नै एप्स विकास गर्न सरकारलाई उनको आग्रह छ । यसतर्फ सरकारले ध्यान नदिएको उनको आरोप छ । विदेशी एप्सहरूको नियमन गर्नेतिर सरकारको ध्यान नगएको उनको भनाइ छ । 

संसदमा आएको सामाजिक सञ्जाल विधेयक दर्ता भएको उल्लेख गर्दै उनले उक्त विधेयकमा विदेशी एप्सहरूको नियमनबारे कुनै योजना नरहेको बताए ।

सरकारले सामाजिक सञ्जाल विधेयक र अन्य अध्यादेशहरू अगाडि बढाइरहेको छ । म सोध्न चाहन्छु– अहिलेको आवश्यकतालाई ध्यानमा राख्नुभएको छ कि सत्तालाई, आफ्नो स्वार्थलाई ध्यानमा राख्नुभएको छ रु’ उनले भने ।

समाजिक सञ्जाल विधेयकमार्फत पनि के गर्न खोेजेको हो भन्ने उनको प्रश्न छ । ‘सामाजिक सञ्जालसँग सम्बन्धित क्षेत्रलाई नियमन गर्न खोज्नु भएको छ कि प्रयोगकर्तालाई नियन्त्रण गर्न खोज्नुभएको छ रु’ उनले भने ।

संचालकलाई नियन्त्रण नभएर प्रयोग कर्तालाई नियन्त्रण गर्न खोजेको र त्यसआधारमा कमेन्ट, लाइक, सेयर गरेकै आधारमा दण्डित हुनुपर्ने प्रावधान राखेको उनले बताए । वाक स्वतन्त्रता अर्थात, बोल्न पाउने संवैधानिक अधिकार रहेको उनले स्मरण गरे । विगतमा राजा, राणा र पञ्चायतमा समेत शासक बर्गको आलोचना हुने गरेको बताए ।त्यसबेलाको समय अनुसार विरोधको शैली रहेको र अहिले सामाजिक सञ्जालमा देखिने गरेको उनले बताए । तर, गणतान्त्रिक सरकार आलोचनादेखि डराइरहेको किन छ भन्ने प्रश्न उब्जिएको उनले बताए ।

२१ शताब्दी लोकतन्त्रको युग रहेको उल्लेख गर्दै उनले लोकतन्त्रमा पनि बोलकै कारण जेल जानुपर्ने कस्तो कानुन बनाउन लागेको हो भनेर प्रश्न गरे ।

सामाजिक सञ्जाललाई नियमन गर्न लागेको भए त्यसअनुसारको नीति लिनुपर्ने उनले बताए । यी प्रश्नहरू आम जनताका प्रश्न रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा नियमावली अनुसार सात दिन भित्र सम्बन्धित मन्त्री र वा प्रधानमन्त्रीबाट सामाजिक सञ्जाल विधेयकको उद्देश्यबारे प्रष्ट्याउन माग गरे । ‘कि तपाईंले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजेको हो कि संचालकलाई रु यसको जवाफ चाहन्छु’ उनले भने ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,513,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन प्रभु साहको माग
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन प्रभु साहको माग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9NteiJImhY9op73DsXsR-zi1hq3ANiHm2uE6BpAN6FCh1S4vISQ2_Bu0KBnRj0bOgQsiMk5jK34q5S1izoUUqo76xBoPdNFszC4Aob5a9TNWE_7LNPbTGhPtzMadrTOqcXHHRTUwLd-OaVtNfTToFCMfjJaZ-4oM1kr-QEkaWzbDJYujWLEwKxtcsejzS/s320/Prabhu-Shah-768x398.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9NteiJImhY9op73DsXsR-zi1hq3ANiHm2uE6BpAN6FCh1S4vISQ2_Bu0KBnRj0bOgQsiMk5jK34q5S1izoUUqo76xBoPdNFszC4Aob5a9TNWE_7LNPbTGhPtzMadrTOqcXHHRTUwLd-OaVtNfTToFCMfjJaZ-4oM1kr-QEkaWzbDJYujWLEwKxtcsejzS/s72-c/Prabhu-Shah-768x398.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_87.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_87.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content