विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सरकारलाई गगन थापाका ५ सुझाव

580


२७ फागुन, काठमाडौं ।
गगन थापा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री हुन् । उनी सरकार सञ्चालनका सन्दर्भमा सुझाव दिने दुई दलीय सयन्त्रमा समेत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिने लगायतका कार्यमा निरन्तर सक्रिय महामन्त्री थापाले संसद्‍लाई त्यस्ता संवादका विषय सुनाए ।

प्रतिनिधिसभामा मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । प्रचण्डले सम्बोधन गरे लगत्तै महामन्त्री थापा बोले । प्रचण्डका सरकारप्रतिका कतिपय अभिव्यक्तिमा असहमति राखेका महामन्त्री थापाले सरकारले विश्वास आर्जन गर्न सक्नुपर्ने प्रचण्डको बोलीमा लोली मिलाए ।

थापाका अनुसार सरकारले सुझबुझ ढंगले काम गर्नुपर्ने छ । प्रधानमन्त्री ओलीलाई एक्लै भेट्दा र सामूहिक भेट्दा समेत आफूले राख्ने गरेको विषय भन्दै उनले सरकारले विश्वास आर्जन गर्न आवश्यक रहेको बताएका हुन् ।

जनताको विश्वास आर्जन गर्नका लागि विभिन्न काम गर्न आवश्यक रहेको उनले दोहोर्‍याए । महामन्त्री थापा भन्छन्, ‘‘ट्रस्ट अर्न गर्ने सन्दर्भमा दुइटारतीनटा कुरामा सरकारको ध्यान जानैपर्छ । सम्माननीय प्रधानमन्त्रीलाई भन्न चाहन्छु– जुन कुरा उहाँसँग एक्लै भेट्दा भनेको छु, राजनीतिक दलका नेताहरूसँगै भेट्दा पनि भनेको छु । सरकारका सन्दर्भमा सरकारले केही कुरामा ध्यान दिनैपर्छ ।’

बृहत्तर सार्वजनिक हितका लागि कानुन निर्माण

कांग्रेस महामन्त्री थापाका अनुसार सरकारले ध्यान दिनुपर्ने पहिलो विषय हो– बृहत्तर सार्वजनिक हितका लागि कानुन निर्माण ।

सरकारले कानुन निर्माण गर्दै गर्दा ति कानुनले सुधार गर्ने विषय बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्ने उनको आग्रह छ ।

‘कुनै एउटा व्यक्ति वा समूहले त्यस (कानुन) को लाभ लिन हुँदैन भन्ने कुरातर्फ जसरी प्रश्न उठेको छ सरकार निरन्तर सचेत रहनुपर्छ,’ महामन्त्री थापाले भने ।

सबै प्रकारका निर्णय र नियुक्तिमा पारदर्शिता

सरकारका सबै निर्णय र नियुक्ति नजिकबाट सबैले हेरिरहेको महामन्त्री थापाले बताए ।

‘हामी गर्भनरका नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । आईजीपीको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । को व्यक्ति भयो, को व्यक्ति भएन रु यति सानो नेपाल छ सबैले थाहा पाउँछ’ सरकारलाई कांग्रेस महामन्त्री थापाको सुझाव छ ।

प्रत्येक विषयमा सरकारले आफ्नो एक्सन, आफ्नो कामबाट, आफ्नो निर्णयबाट संसद्‍को, राजनीतिक दलको र आम मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्ने उनले बताए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मा लिएर नै संसद्‍मा कतिपय विषयमा प्रतिबद्धता जनाएको उनले स्मरण गरे ।

‘तर, जिम्मा लिँदै गर्दा सँगसागै ख्याल राख्नुपर्छ– कि संसद्‍ले पनि निरन्तर हेरिरहेको हुन्छ, हाम सबैले हेरिरहेका हुन्छौं,’ उनले भने । तर, अर्थमन्त्रीले के विषयमा प्रतिबद्धता जनाएको हो भनेर उनले प्रष्ट खुलाएनन् ।

अनावश्यक ठाउँमा गएर काम नगरियोस्

सरकारलाई महामन्त्री थापाले अर्को आग्रह गरे ।

‘मेरो आग्रह छ सरकारलाई, सरकारका मन्त्रीजीहरूलाई– यो नचाहिने ठाउँमा हात हाल्न हुँदैन । नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखाउने भनेको जस्तो । जुन कुरा चलाउनै हुन्न, जुनकुरा आवश्यकै छैन । त्यो अनावश्यक ठाउँमा गएर सरकारले अनावशयक काम पनि नगरोस्,’ महामन्त्री थापाले भने ।

तर, अनावश्यक ठाउँ कहाँ र अनावश्यक काम के हुन लागेको छ वा प्रयास भएको भनेर महामन्त्री थापाले प्रष्ट खुलाएनन् ।

दण्ड जरिवानामा काखा–पाखा नहोस्

दण्ड जरिवाना गराउने विषय सरकारको अधिकारभित्र रहेको महामन्त्री थापाले स्मरण गरे । यो अधिकारको प्रयोग गर्दा न्यायपूर्ण भएन र विवेकपूर्ण भएन भनेर प्रश्न लगातार उठिरहेको उनले बताए । यो विषय बन्दकोठा भित्र समेत भनिरहेको विषय रहेको उनले सुनाए ।

‘चाहे त्यो सहकारीको प्रकरण होस्, चाहे त्यो सार्वजनिक जग्गा हिनामिनाको प्रकरण होस्, चाहे मानव बेचबिखनको प्रकरण होस् । चाहे क्याम्पस तोडफोड गर्ने मान्छे होस्,’ महामन्त्री थापाले भन्छन्, ‘कानुन सबका लागि बराबर छ भन्ने स्थापित गराउनैपर्छ ।’

यसो गरे सरकारले विश्वास आर्जन गर्न सक्ने उनको विश्वाास छ । महामन्त्री थापा थप्छन्, ‘सरकारले कतिखेर विश्वास आर्जन गर्छ भने– यसमा कोही काखा, कोही पाखा । मेरो, तेरो, यो दलको, यो झन्डा बोक्ने, मेरो पार्टीको, यो त्यो नहेरिकन निर्मम भएर कानुन सबको लागि बराबर छ भन्ने कुरालाई स्थापित गराउनैपर्छ ।’

नेपालभित्रै काम गर्ने वातावरण बनोस्

कांग्रेस र एमाले मिलेर बनेको सरकारले आर्थिक क्षेत्रमा सुधारको काम अगाडि बढाएको उल्लेख गर्दै उनले सुधारको कामलाई द्रुत गतिमा अगाडि बढाउनका लागि समेत सरकारले विश्वास आर्जन गर्ने वातावरण बनाउनुपर्ने बताए ।

नेपालभित्र काम गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । प्रोत्साहन गर्ने वातावरण बनाउन पनि सरकारले विश्वास आर्जनको वातावरण चाहिने उनले बताए ।

‘अहिले सुरुवात गरेको आर्थिक सुधारलाई अझ गति दिनुपर्ने छ । यसलाई बढाउनुपर्ने छ । यसका लागि यस्तो वातावररण बनाउनुपर्ने छ कि नेपालभित्रै काम गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्ने छ । नेपालभित्र काम गर्दै गरेका नौजवानहरूलाई हौसाउनुपर्ने वातावरण बनाउनुपर्नेछ,’ उनले भने ।

यस्तो वातावरण बनाउनका निम्ति नागरिकहरूसँग संवाद गर्नुपर्ने उनले बताए।

‘नागरिकसँग संवाद गर्नका लागि विश्वास आर्जन गर्नुपर्ने छ । विश्वास आर्जनका निम्ति उठेका प्रश्नहरूलाई सम्बोधन गर्नैपर्छ । प्रश्नमा गल्ति अथवा चुकेको अवस्था छ भने त्यसलाई सचयाउनैपर्छ । यसबाट भागेर पनि हुन्न, यसलाई ढाकेर पनि हुन्न’ सरकारलाई महामन्त्री थापाको सुझाव छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,513,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: सरकारलाई गगन थापाका ५ सुझाव
सरकारलाई गगन थापाका ५ सुझाव
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjkBlmud3TalAOtWePNfOTlY1Owb9zms5miF8tBnk3tegVmlP1heLsTG8xjDctuLde256rxNI39MRDXU4ExCLO91I63K9pAlkyU6cg0KfFdqtW6toIOCLd8mZ8MdKA4ARm8LnFOVlDy0JhoBy94ghbpOxcTIssamdD3B-g8BF1KCXboires6d122TwFWqs/s320/gagan%20thapa.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjkBlmud3TalAOtWePNfOTlY1Owb9zms5miF8tBnk3tegVmlP1heLsTG8xjDctuLde256rxNI39MRDXU4ExCLO91I63K9pAlkyU6cg0KfFdqtW6toIOCLd8mZ8MdKA4ARm8LnFOVlDy0JhoBy94ghbpOxcTIssamdD3B-g8BF1KCXboires6d122TwFWqs/s72-c/gagan%20thapa.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_12.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_12.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content