पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ कट्टी बलुवामा रहेको श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयका दर्जनौं विद्यार्थीहरू अचानक बेहोस हुनलागेको सामाचार प्राप्त भएको छ ।
बिद्यालयमा अध्यन्नरत कक्षा ६ देखी कक्षा १० सम्मका दर्जनौं बिधार्थीहरु बेहोस भएको सामाचार प्राप्त भएको हो । घटनापछि ती विद्यार्थीहरूलाई तुरुन्तै एम्बुलेन्समार्फत नजिकको पोखरीया अस्पताल पठाइएको छ ।
विद्यार्थीहरूलाई बृषायुक्त खाद्यान, मान्सिक तनाव वा अन्य शारीरिक समस्याहरूका कारण अचानक बेहोसीको समस्या देखा परेको हुनसक्छ, तर यस घटनाको सही कारणको बारेमा अहिले अनुसन्धान जारी रहेको वडा अध्यक्ष संजय साहले बताएका छन । उनले अस्पतालमा १६ जना बिधार्थीहरु उपचारत रहेको र ति मध्य एक जना छात्रा बाहेक अन्यको अवस्था सामान्य रहेको जानकारी दिए ।
यो घटनाले विद्यालय परिसरमा तनाव र चिन्ताको माहोल सिर्जना भएको थियो, भने अभिभावकहरूले आफ्ना बच्चाहरूको स्वास्थ्यको बारेमा गम्भीर चिन्तीत देखिएका छन । विद्यार्थीहरू बेहोस भएपछि विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया