बिरगंज : निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपालले सोमबारदेखि प्याब्सन T-20 क्रिकेट प्रतियोगिता तथा प्याब्सन जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी पुरा भएको आज पत्रकार सम्मेलनमार्फत प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले जानकारी दिनुभएको छ।
होटल बृदमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले भने क्रिकेट प्रतियोगितामा २७ वटा बिधालयहरुसहभागी रहेका छन् भने जुनियर फुटबल प्रतियोगितामा २० वटा बिधालयहरु सहभागी रहेको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने खेलको उदघाटन गर्न निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपालका केन्द्रीय अध्यक्ष डिके दुङ्गनाले गर्ने कार्यक्रम रहेको बताएका छन् ।उनले भने यो वर्ष देखि बिजेताहरुलाई नगदसहित प्रमाणपत्र मेडल प्रदान गर्ने कार्यक्रम रहेको बताएका हुन ।
क्रिकेट प्रतियोगितामा प्रथम हुने लाई नगद सहित प्रमाणपत्र रु १५ हजार दोस्रो हुने लाई रु १० हजार तेस्रो हुने लाई रु ५ हजार र फुटबल प्रतियोगितामा प्रथम हुने लाई रु ८ हजार दोस्रो हुने लाई रु ६ हजार तेस्रो हुने लाई रु ४ हजार प्रमाणपत्र मेडल सहित सम्मानित गरिने बताएका छन् ।
बेस्ट म्याचअफद म्याच बेस्ट फिल्डर बेस्ट पिलियर नगदसहित रु १५००।- प्रदान गरिने र सम्पूर्ण बिधालयहरुलाई मायाको चिनो उपलब्ध गराइने समेत बताए ।पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,वरिष्ठ सल्लाहकार डाक्टर हरि शंकर साह,वरिष्ठ उपाध्यक्ष सुशीला साह उपाध्यक्ष विरेन्द्र यादव ,कोषाध्यक्ष प्रविन चौधरी सल्लाहकार इमामुदिन अहमद ,रोशनी श्रीवास्तव,रिकु कुमारी ,मन्जु राना भाट,कन्चन यादव ,रामशिष चौरसिया लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण प्याब्सन सचिव अशोक संग्रोलाले गर्नुभएको थियो ।


प्रतिक्रिया