जनकपुर: नेकपा एमाले मधेश प्रदेश कमिटीले आज एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेको छ । जनकपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजकमा निर्वाचित केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदिलाई सम्मानित गरेको हो ।
एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालबाट निर्वाचित लामिछाने,बन्जारा र सुवेदीलाई सम्मानित गरिएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए । यादवले केन्द्र,प्रदेश र जिल्लामा चौतारीको उम्मेदवारहरु बिजयी भएर सिंगो पार्टीको शिर ठाडो गर्ने काम गरेकोले तिनै जनालाई मधेश प्रदेश कमिटीले सम्मानित गर्ने निर्णय गरेको जानकारी दिए ।
सो अवसरमा महासंघको निर्वाचनमा प्रेस चौतारीले एतिहासिक जित निकालेको भन्दै नेताहरुले प्रशांसा समेत गरेका थिए । कार्यक्रममा एमाले मधेश प्रदेशका ईन्र्चाज लिला श्रेष्ठ,मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज यादव,प्रेस चौतारी नेपाल मधेश प्रदेशका सहईन्र्चाज अच्युत पौडेल लगायतको उपस्थिी थियो । कार्यक्रमको सहजीकरण मधेश प्रदेशका सचिव मनोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया