पर्सा: नेकपा एमालेको पकहाँमैनपुर गाउँपालिका कमिटि अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भटको शिलान्यास गरेका छन । एमाले निकट भातृ संगठन अखिल नेपाल पिछावर्ग (ओबिसि) महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा नेता साहले बुधवार एक कार्यक्रम बिच सो कल्भटको शिलिन्यास गरेका हुन ।
पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर २ सुर्जाहामा पर्ने सो कल्भट बिगतको लामो समय देखि अलपत्र रहेको हुदाँ स्थानिय आम नागरिकले दुुख भोगीरहेको भन्दै आर्थिक सहयोग जुटाएर कल्भट निमार्ण कार्यमा लागिएको एमालेका पकहाँमैनपुर गाउँपालिकाका वडा दुईका वडा कमिटि अध्यक्ष रामशेवक पाण्डेले जानकारी दिए । उनले पालिकाका जनप्रतिनिधिलाई बारम्बार घचघचाउदा पनि पालिकाका जनप्रतिनिधिहरु कुनै चासो नदेखाएको बताए ।
पर्सा जिल्लामा समाजिक अभियन्ताको नामले परिचित युवा नेता साहले २०८४को निर्वाचनमा पकहाँमैनपुर गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी समेत घोषण गरिसके छन । उनि पछिल्लो समयमा समाजिक कार्य निरन्तर गर्दै आएका छन, भने नेकपा एमाले जनताको पार्टीको हो र जनताको हरेक सुख दुखमा साथ दिने एमाले पार्टी रहेको भन्दै आफु सदैव समाजिक कार्यमा अग्रसर रहेको दावी गरेका छन ।
करिव दुई लाख लागत रहेको कल्भटको एमालेका वडा कमिटि अध्यक्ष पाण्डे र वडा स्तरिय नेता कार्यकर्ताहरुको निजि सहयोगबाट निमार्ण कार्य सुरु भएको युवा नेता साहले जानकारी दिएका छन ।


प्रतिक्रिया