पर्सा भगवान कुर्मी : पर्सा प्रहरीलाई प्रभावमा पारी वीरगंजको ड्राईपोर्ट तथा अलौं नाकाबाट खुल्याम तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत पर्ने श्रीसिया प्रहरी चौकीका ईन्चार्ज अनुप ढाकाललाई प्रभावमा पारी ड्राईपोर्ट तथा अलौं नाकाबाट खुल्याम तस्करी भईरहेको समाचार प्राप्त भएको हो ।
प्रहरी चौकी श्रीसियाका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अनुप ढाकाललाई आर्थिक प्रलोभनमा पारी केहि दिन यता बन्द रहेको अवैध तस्करीको काम पुनः संचालनमा लाएको समाचार स्रोतले जनाएको छ ।
पर्सा जिल्लाका नामुक तस्कर ओमप्रकाश पटेल बटर चिज, हरिओम साह कानु नुन देखि सुन सम्म, ईबराहीम मिया, जटाधारी बर्णवाल, राजेश साह किराना तथा फास्टफुड, (पंकज राजपुत, प्रकाश पटेल, नरेन्द्र चौधरी, जयप्रकाश साह बैट्री तथा कवाड), सुदामा चौधरी कापी तथा पेपर लगायतका काम गरिरहेको नाम नबताउने शर्तमा एक जना ब्यपारीले बताएका छन । यस्ता दर्जनौं तस्करहरुले अहिले ड्राईपोर्ट तथा अलौं नाकालाई नै तस्करीको मुख्य माध्यम बनाएर आफ्नो अवैध कारोवारकोे संजाल फैलाएको समाचार स्रोतको दावी छ । यति मात्र होईन्न सो नाकाबाट प्याज, चिनि, लवंग, ईलाईची र माछाको समेत ब्यापक तस्करी भईरहेको प्रमाण समेत पाएको छ ।
पर्साका नामुक तस्करहरुले मोटरसाईकल, साईकल र भरियाहरुको माध्यमले चकलेट, बटर चिज, प्याज, चिनि, माछा,लवंग, ईलाईची, ईलेक्ट्रीक, फास्फुड, कापी, पेपर तथा किराना समानको काम गरिरहेका छन भने ठेलाको माध्यमले कवाड र बैट्रीको काम गरिरहेको नाम नछापने शर्तमा एक जना प्रहरीले जानकारी दिए ।
तस्करहरुले श्रीसिया चौकीका ईन्चार्ज ढाकाललाई ५० देखि १ लाख सम्मको नजरानाको रुपमा सहयोग राशि टकराई रहेका छन भने ड्राईपोर्ट र अलौं नाकामा डियुटीमा रहेका प्रहरीहरुलाई छट्टा छुट्टै नजरानाको रुपमा स्वागत तथा सम्मान राशि प्रदान गरि तस्करीको लाईन पाएको समाचार स्रोतको दावी छ ।
तस्करहरुले सई ढाकालसंगको सेटिङ्गमा अहिले तस्करीका कारण दिनहु लाखौं लाखको राजस्वा चुहावट गरिरहेका छन, भने अहिले बोर्डर साईडमा सानालाई ऐन र ठुलालाई चैन भन्ने जस्तै गतिबिधी रहेको जोकोहीले पनि देख्न सक्ने छन ।
कहिलै राति त कहिलै दिन अमन चैन संगै तस्करीमा ब्यस्त छन अनुप ढाकाल
भारतबाट घरायसी कामका लागी थोरै समान बोकेर आउनुहुने सर्व सधारणहरुलाई लाग्छ ठुला अपराधी हुन जस्तै प्रहरीहरुले बिभिन्न किसिमको केरकार गर्ने गरेका छन तर अवैध कारोवार गर्ने तस्करहरुको आर्थिक नजराना बुझेर सजिलै लाईन दिएर निकै आर्थिक अपचलन गरिरहेका छन ।
देशको अर्थतन्त्र धरासाही छ, मन्त्री देखि सचिव सम्मकाले अवस्था सुधारमा ल्याउन ठुला ठुला भाषण गर्ने गरेका छन तर यस्तो समयमा पनि प्रहरीहरुको ब्यक्तीगत स्वार्थ पुर्तीमा ब्यस्त भएर आर्थिक अपचलनले नै देशको राजस्व चुहावट र अर्थतन्त्र धरासाही भईरहेको हेर्न सकिन्छ ।
एकल काज गराएर पर्सा जिल्ला आउन सफल भएका ढाकालको माथिल्लो निकाय सम्म निकै पहुच रहेको जानकारहरु बताउछन । ढाकाल सहकारी ठग्गी प्रकरणमा परेका रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्री हुँदा उनका (पिएसो) रहेका थिए । भने नेकपा एसका बरिष्ठ नेता झलनाथ खनालका (पिएसो) समेत बसेर आएका छन । माथिल्लो निकाय सम्मका पहुचका कारण उनले पर्सा आउन सजिलै काज गराउन सफल भएका थिए, भने उनि पर्सा आउनु बितिकै चौकीको ईन्चार्ज समेत पाउनु गतिबिधिले उनलाई राजनितिक र संगाठनीक पहुच गासिएको पुष्टि हुन्छ ।
यता पर्सा जिल्लामा प्रहरी प्रमुखको अवस्था हेर्दा हात्ती आयो हात्ती आयो टाँय टाँय फुस जस्तै बझ्न सकिन्छ । आउने बेला खुब चर्चा परिचर्चा हुने तस्करी तथा गैरकानूनी कारोबार थप पार्ने समेत ठुला ठुला भाषण गर्ने तर हाजिर भए पछि काम कम र स्वागत तथा सम्मानमा मात्र ब्यस्त हुने गरेका छन, भने फोन समेत उठदैन ।
अनुप ढाकाल पर्सा आएको ३ महिना भयो उनि आए देखि तस्करी संचालन भएको बिभिन्न समाचार, पत्र पत्रिका तथा समाजिक संजालको माध्यमले भाईरल हुँदा पनि तत्कालीन प्रहरी प्रमुख कुमोद ढुङ्गेलले एक्सनमा नआउनु भनेको उनलाई प्रभावमा परेर मुर्ख दर्शक बनाएको देखिन्छ । यस्ता गतिबिधिले सिंगो प्रहरी संगठनलाई बदनाम गरि आर्थिक अपचलनमा ब्यस्त रहेका सई ढाकाल प्रति एक्सन लिनुको सट्टा मौनताका साथ प्रमुखहरुले स्वागत र सम्मानमा ब्यस्त हुनु भनेको भरखरै जिल्लाको कमाण्ड सम्भालेका प्रहरी प्रमुख गौतम मिश्रलाई समेत प्रभावमा पारिसकेको पुष्टि हुन्छ ।
ढाकाल माथिल्लो निकायको पहुँचलाई माध्यम बनाएर छिटो र छरितोे मोटो रकम कमाउने उदेश्यले पर्सा जिल्ला रोजेर काज गराउन सफल भएको प्रहरी स्रोतको दावी छ ।
उनले माथिल्लो निकायका पहुचले होस या आर्थिक प्रलोभनकै कारण पर्साका प्रमुख तथा प्रदेशका प्रहरी प्रमुख समेतको निर्देशनलाई लतयाउदै सिंगो प्रहरी संगठनको काखलाई पाख लगाउदै आर्थिक अपचलनमा लागेको स्रोतको दावी छ ।
यता मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यासंग बुझ्न खोज्दा आफु यस बिषयमा कुनै किसिमको जानकारी नरहेको र आफु पता लगाउने भने प्रतिक्रिया दिए ।
.jpg)
प्रतिक्रिया