दोलखाको बिगु गाउँपालिका- १ देउरालीमा रहेको नाशा हाइड्रोपावरमा कार्यरत एक पुरूष मृत भेटिएका छन्।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्ने कामदार रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्ती मगर लामाबगरबाट देउराली जाने बाटोको भीरमा बिहीबार अपराह्न ४ बजे मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बजिन्द्र बुधबार बेलुकादेखि हराएका थिए। उनको लडेर मृत्यु भएको आकलन छ। शव संकलन गरी बिहीबार नै पोस्टमर्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको छ। घटनाबारे मृतकको परिवारलाई जानकारी गराइएको र उनीहरू दोलखा आउँदै गरेको जनाएको छ । परिवार आएपछि पोस्टमर्टम हुने र त्यसपछि मृत्युको कारण थप खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया