पर्सा निर्वाचन क्षेत्र तीनमा चुनावी सरगर्मी बढ्दो देखिएको छ । निर्वाचन आउन अझै केही वर्ष बाँकी छँदै रुपेश कुमार पाण्डेयलाई सो क्षेत्रका नागरिकले ुउदाउँदो वैकल्पिक नेताुको रुपमा लिन थालेका छन् । विगतदेखि नै पूरानै नेताहरू सांसद तथा मन्त्री बनेपनि नागरिकको सुखदुस्खमा साथ नदिएको र क्षेत्रको विकासमा पनि प्रगति गर्न नसकेको भन्दै स्थानीयहरूले आगामी २०८४ सालको निर्वाचनका लागि पाण्डेयलाई साथ दिन थालेका हुन् ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने तयारी सहित अगाडि बढिरहेका पाण्डेयलाई स्थानीयले ुभिजनरी नेताुका रूपमा समेत चिन्न थालेका छन् ।
सो क्षेत्रका अधिकांश स्थानीयहरूले आगामी निर्वाचनमा पाण्डेय वैकल्पिक र भिजनरी नेताका रूपमा उदाउने बताउँदै आएका छन् । कुराकानी गरेकामध्ये हरेकले पाण्डेयको विकल्प अहिले यस क्षेत्रमा नदेखिएको बताएका छन् ।
वि।सं। २०४७ सालदेखिका उम्मेदवारहरूबाट आजित भएका जनताहरु पाण्डेयको उम्मेदवारको बन्ने तयारी देखेर उनलाई नै साथ दिनुपर्ने मतका साथ अगाडि बढिरहेका छन् । सोही जनताको साथ पाएर अहिले पाण्डेले पनि समाजलाई आधुनिक एवम् व्यवस्थित शहरको रूपमा विकास गर्ने, पूर्वाधान विकास तथा स्थानीय उत्पादनलाई व्यावसायिक बनाई नागरिकको जीवनस्तर सुधार्ने लगायतका भिजन लिएर काम गरिरहेका छन् ।
यसबाट अहिलेदेखि नै पाण्डेयको माहोल जनताको पक्षमा पर्दै गइरहेको देखिएको छ । यस क्षेत्रका स्थानीय नागरिकहरूले उनलाई आफ्नो उम्मेदवार मात्र नभई सांसद नै भइसकेको भन्दै विश्वास दिलाउन थालेका छन् । चिया पसलमा होस् वा अन्य विभिन्न ठाउँमा युवाहरुले पाण्डेयको माहोल तातिरहेको छ। पाण्डेयले अहिले कुन पार्टीबाट चुनावमा भाग लिने भन्नेबारे खुलाईसकेका छैनन् । तर पार्टीमा आस्था राख्ने नागरिकहरूले पाण्डेयले जुन सुकै पार्टीबाट निर्वाचन लडेपनि उनी आउनुपर्ने बताउँदै आइरहेका छन् ।
पाण्डेयको सक्रियता र समाजका लागि केही गर्ने हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन् । पाण्डेयले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । सबै धर्मको सम्मानका साथ भक्तिभाव प्रकट गर्दै आएका पाण्डेय सबैका मनमा बस्न सफल छन् । विगतमा व्यवसायमा लाग्दा देखि नै उनीप्रतिको नागरिकको छाप बेग्लै रहेको छ ।
उनले पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्ने र यस निर्वाचन क्षेत्रमा पर्ने धार्मिक स्थल भाडा भगवान स्थललाई रा्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने लगायतका काम गर्ने रणनीति बनाउँदै अगाडि बढिरहेका छन् ।
पाण्डेयले पोखरिया बजारलाई देखिने गरी विकास गर्नलाई आफूले भिजन तयार गरिसकेको बताएका छन्। साथै मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागररिकको सहज पहुँच लगायतलाई मुल मुद्दा बनाइरहेका पाण्डेयले अब पोखरिया बजारको नयाँ रुप देखिनुपर्ने भन्दै त्यसतर्फ आफूलाई अग्रसर गराइरहेको बताएका छन् ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मानिकपुरका स्थायी बासिन्दाहरू पान्डेयले सो क्षेत्रको विकास तथा रुपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेकाले पनि अहिले उनको विकल्पमा अरू नदेखिएको बताउँछन् ।
पाण्डेयले अहिले आफ्नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।
स्थानीय अभिभावक, बुद्धिजीवीहरुको आर्शिवाद तथा युवाहरूको साथ सहयोगको अपेक्षा लिएर उनी पनि निर्वाचन मार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने तयारीमा लागेका हुन् । पाण्डेयले आफ्ना कृयाशिलता, लगनशिलता र जनताले उनी प्रति राखेको भरोसालाई मुल शक्तिको रुपमा प्रयोग गरेर क्षेत्रमा पर्ने ७ वटा स्थानीय तह ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास गर्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् ।
पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन् भने समानुपातिक तर्फ छुटै सांसदहरु हुँदा पनि जिल्लामा विकासले गति पाउन सकेको छैन । जिल्लामा ३ जना संघीय मन्त्री तथा २ जना प्रदेश मन्त्री रहेका छन् तैपनि जिल्लामा परिवर्तन हुन सकेको छैन । जसबाट नागरिकहरू विकल्पका लागि बाध्य भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया