काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ।
गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालेको मन्त्रालयले जनाएको छ ।
वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।
मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट ६ अर्ब रुपैयाँको क्षति भएको मन्त्रालयको अनुमान छ।

प्रतिक्रिया