पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल आज देखि प्रादेशिक जिल्ला अस्पताल स्तरोन्नती गर्ने घोषणा भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले पोखरीया अस्पताललाई प्रादेशिक जिल्ला अस्पताल घोषणा गर्ने निर्णय गरेको हो।
पर्सा जिल्लाको मध्य वीच भाग पोखरिया नगरपालिमा रहेको उक्त अस्पतालबाट जिल्लाका अधिकांश नागरिकहरुले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हुँदा पोखरिया नगरपालिकाले मात्र सो अस्पताल संचालन खर्च र अस्पताल व्यवस्थापन गर्न असहज भएको हुँदा स्तरोन्नतिको लागि पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले परिश्रम थालेका थिए।
नगर प्रमुख चौहानले आफु लागि परेको परिश्रमको फलस्वरूप सरकारले सम्बोधन गरेको निर्णय प्रति निकै खुशी भएको बताएका छन्। उनले भने पोखरीया अस्पताललाई प्रादेशिक जिल्ला अस्पताल बनाउन आफु प्रदेश देखि केन्द्रीय सम्म पहल गर्न निकै दौडधुप गरेका थिए। पार्टीका शिर्ष नेताहरुको साथ सहयोगले यस्ता लोकप्रिय कामलाई सफल बनाएर नगरबासीहरुको बिश्वास जितेको छु। बिगतको लामो समय देखि अडकिएको कामलाई सम्बोधन गरेर सरकारले सफल बनाएकोमा नगर प्रमुख चौहानले धन्यवाद ज्ञापन समेत गरेका छन्।
मन्त्रीपरिषदले पोखरिया अस्पताल १५ शैयामा संचालित रहेको सोही अस्पताललाई ५० शैयामा स्तरोन्नती गरी मधेश प्रदेश सरकार अन्तर्गत हस्तान्तरण गरेर संचालनमा ल्याउने निर्णय गरेको छ।

प्रतिक्रिया