Menu

आजको मौसम

सरकारी गाडीको खुलेआम दुरुपयोग? निजी भवन निर्माणमा रौनियारको स्कोर्पियो!

Author
Bhagwan kurmi |
August 25, 2026
Featured

सरकारी सवारी साधनको चरम दुरुपयोग भएको आरोपसहित जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियार विवादमा तानिएकी छन। कार्यालयको कामका लागि प्रयोग हुनुपर्ने सरकारी सवारी साधनलाई निजी प्रयोजनमा प्रयोग गरी व्यक्तिगत भवन निर्माण सामग्री ओसारपसार गरेको प्रमाण फेला परेको छ।

प्राप्त विवरणअनुसार रौनियारले बागमती प्रदेश ०१- ००२ झ ६४४७ नम्बरको स्कोर्पियो प्रयोग गरी आफ्नो निजी भवन निर्माणसँग सम्बन्धित सामग्री ओसारपसार गरेको आरोप लागेको हो। सरकारी स्वामित्वको सवारी साधनमा निजी निर्माण सामग्री ओसारपसार भइरहेको देखिने प्रमाणसमेत फेला परेको दाबी गरिएको छ।

सरकारी गाडी जनताको करबाट सञ्चालन हुने सार्वजनिक सम्पत्ति हो। यस्तो सवारी साधनलाई व्यक्तिगत सम्पत्ति झैँ प्रयोग गरी निजी घर निर्माणका सामग्री बोक्न प्रयोग गरिएको हो भने यो सरकारी स्रोत–साधनको दुरुपयोग र पदको मर्यादामाथि गम्भीर प्रश्न खडा गर्ने विषय हो।

निर्वाचनजस्तो संवेदनशील र निष्पक्षता कायम गर्नुपर्ने निकायको नेतृत्वमा रहेकी कार्यालय प्रमुखबाटै सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग भएको आरोप सार्वजनिक भएको छ। 

यस विषयमा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रौनियारको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

जनताको करबाट चलेको सरकारी गाडी निजी भवन निर्माणको सामान बोक्न प्रयोग गर्न मिल्छ कि मिल्दैन? अहिले मुख्य प्रश्न यही हो। सरकारी साधनको दुरुपयोगबारे सम्बन्धित निकाय मौन बस्ने कि छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने—यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3