दुबै पक्षको बीचमा उत्पन्न असमान्य परिश्थितिका कारण डा अन्सारीको श्रीमती मोस्ताकिमा खातुनले काठमाण्डौं जिल्ला अदालतमा ती सबै सहमति बदर गर्न २०८३ सी ४ ००१२ अदालतमा मुद्दा हालेपछि समस्या झन जटिल बनोको हो । यस बारे यसै महिनाको १८ गते समझदारी कार्यन्वयको सवालमा अन्तरकालिन आदेश माननीय न्यायधिश कोशलेश्वर ज्ञवालीले गरेको बताइन्छ । यी बिबिध कारणले घट्टेकुलोको काठमाण्डौं नेशनल मेडिकल कलेज अव के हुने हो बिबिध खालको प्रश्न चिन्ह खडा भएको छ । उता डाक्टर अन्सारीको श्रीमतिले शेयर स्वामित्वको बिषयमा समेत मुद्दा दायर गर्नु, डाक्टर अन्सारीले काठमाण्डौं गोकर्णेश्वर नपा ४ का वडा अध्यक्ष सहित भाइ बसुरुद्धिन बिरुद्ध जालसाजिको मुद्दा दायर गर्नु, काठमाण्डौं नेशनल मेडिकल कलेज बन्दको मुद्दा हाल्नु, अन्य ब्यक्तिहरु बिरुद्ध समेत प्रतिष्ठा हरण गरेकोमा १० -१० करोड क्षतिपुर्तिको माग दाबि सहित मुद्दा हाल्नु, डाक्टर अन्सारीको श्रीमतिले आफुले गरेको ५० करोड लगानी फिर्ता माग्नु जस्ता बिषयले अन्सारी परिवारमा पुन झगडाको श्रीगणेश भएको अनुमान गलाउन थालिएको छ ।
यी दुबै बीच अझ कोहिनुर बचत तथा ऋण सहकारीको बिषयमा समेत बबण्डर मच्चिएको समाचार छ । यस अघि समाधान भएको झगडा शुरु हुनुको पछाडि बसुरुद्धिन अन्सारीले गर्नुपर्ने मर्यादीत ब्यबहारमा आएको कमिलाई लिन सकिन्छ भने् डाक्टर अन्सारीले पनि एकपटक निकासा पाएको समस्या पुन उजागर गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । यस बारेमा डाक्टर अन्सारीसँग सम्पर्क गर्दा आफुबाट कुनै कमजोरी नहुँदा नहूँदै पनि अनावश्यक रुपमा प्रतिष्ठा हरणको कूनै कसर बाँकी नराखेपछि उत्पन्न परिस्थितिको निकास कानूनले गर्ने बताउँछन भने उनका भाइ बसुरुद्धिन अन्सारी अव न्याय र अन्यायको लडाइँको फैसला न्यायलले गर्ने बताउँछन । उनी आफुबाट कहीँ कतै कुनै कमजोरी नभएको बतउँदै यसको परिक्षण आउने समयमा हुने समेत प्रतिक्रिया दिन्छन ।
