Menu

आजको मौसम

पकहाँमैनपुर–२ का वडा अध्यक्ष विवादमा, कार्यालयीय लापरवाहीदेखि कमिसनसम्मका आरोप

Author
Bhagwan kurmi |
July 14, 2026
Featured

पर्साको पकहाँमैनपुर गाउँपालिका–२ का वडा अध्यक्ष मुकुट प्रसाद चौहानमाथि कार्यालयीय जिम्मेवारीप्रति लापरवाही गरेको आरोप स्थानीयवासीले लगाएका छन। कार्यालय समयमा वडा कार्यालयमा नियमित रूपमा उपस्थित नभई व्यक्तिगत काममा बढी व्यस्त रहने गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन।

स्थानीयका अनुसार वडाध्यक्ष चौहान कार्यालयमा केहीबेर मात्र उपस्थित हुने र त्यसपछि दिनभर विभिन्न व्यक्तिगत काममा व्यस्त रहने गरेका कारण सामान्य सिफारिस, प्रमाणपत्र तथा अन्य प्रशासनिक सेवा लिन आउने सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको छ। वडाध्यक्षको अनुपस्थितिका कारण धेरै काम प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।

स्थानीय स्रोतका अनुसार वडाध्यक्ष चौहानको कार्यशैली सरकारी कर्मचारीले केवल हाजिरी गरेर कार्यालय छाड्ने प्रवृत्तिसँग मिल्दोजुल्दो रहेको आरोप छ। "केहीबेर कार्यालयमा आएर मुख देखाउने अनि दिनभर गायब हुने बानी बसिसकेको छ," एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए।

ती स्थानीयका अनुसार वडाध्यक्ष चौहान कार्यालयमा उपस्थित हुँदा समेत कार्यालय परिसरभित्रै चुरोट तथा गुट्खा सेवन गर्ने गरेको आरोप छ। सार्वजनिक कार्यालयभित्र यस्तो गतिविधि हुनु आफैंमा अनुशासन र मर्यादाविपरीत भएको उनीहरूको भनाइ छ।

यति मात्र होइन, वडाध्यक्ष चौहान कार्यालयको कामभन्दा पालिकाको बजेट र कमिसनको साटोपाटो गर्न स्थानीय ठेकेदारहरूसँग समय बिताउन बढी रुचि राख्ने गरेको आरोपसमेत स्रोतले लगाएको छ। जनप्रतिनिधिको प्राथमिकता आम नागरिकको सेवा हुनुपर्नेमा त्यसविपरीत व्यवहार देखिएको भन्दै स्थानीयले गुनासो गरेका छन।

स्थानीयवासीले वडाध्यक्ष चौहानलाई कार्यालयमा नियमित उपस्थित भई सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन आग्रह गरेका छन। साथै, गाउँपालिका नेतृत्व र सम्बन्धित निकायले पनि यस्ता गुनासोप्रति गम्भीर ध्यान दिई आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन।

यस बिषयमा वडा अध्यक्ष मुकुट प्रसाद चौहानसंग बुझ्न यो ९८०७२५०९१६ नम्बरमा सम्पर्क गर्न खोज्दा फोन नै उठेन। 


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3