Menu

आजको मौसम

सामुदायिक प्रहरी कुम्हालटोल तथा वडा प्रहरी कार्यालय बिर्ता द्वारा महिला हिंसा विरुद्ध वक्तृत्वकला सम्पन्न

Author
Bhagwan kurmi |
July 13, 2026
Featured

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हाल टोल तथा वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा र बिरगंज युवा समाज तथा अभिभावक संघ पर्साको सहयोगमा महिला हिंसा बिरुद्ध बिषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरी को अध्यक्षता एवं पर्सा प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक राजु कार्की को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथी वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी,निर्णायक मण्डलका सदस्यहरु हेमा थापा - सलमा खातुन र राजेन्द्र सिंह ,बिरगंज युवा समाजका अध्यक्ष संजीव थापा,अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह,बिरगंज कपडा बैंक का अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह , सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ सल्लाहकार शिक्षाविद मार्टिन मोक्तान , नरेन्द्र अग्रवाल,नेपाल स्काउट पर्साका संयोजक उमेश गुप्ता, सन्चारकर्मी सन्तोष रन्जितकार , सामुदायिक प्रहरी कुम्हालटोलका सहसचिव रामबाबु रायमाझी , सदस्यहरु ज्ञानमाया रायमाझी,मुना दहाल, लगायत विभिन्न स्कुलका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी प्रनाउ कार्किले महिला हिंसा हुनु भनेको हाम्रो नियत सहि नभएरै हो ,हामिले घरमा नै छोरा र छोरी मा सानै देखि भेदभाव गरि यसलाई प्रश्रय दिदै आएकोमा पछि यसको परिणाम आफ्नै छोरिहरुले भोग्नु पर्ने विषम र खतरनाक अवस्था आइपुगिरहेको हुन्छ अनि पछुतो गर्ने गरेको बताउदै यो विषम अवस्था प्रती प्रहरी मात्र हैन कि सम्पुर्ण को हातेमालोले यस्को अन्त हुनेमा जोड दिएका थिए । 

"तपाइहरु देश का कर्णधार हुनुहुन्छ र तपाइहरुले नै देश समाज बदलिने हुनाले आफुलाइ शिक्षाको माध्यमले सशक्त बनाउनुस ,सामाजिक संजालहरुको सकारात्मक उपयोग गर्नुस,लागू औषध सेवन कदापी नगर्नुस र आफुले कहिल्यै कसै माथी हिंसा नगर्ने साथै कसैमाथी हिंसा भैरहेको छ भने त्यस्को विरोधमा खडा हुनुस विरोध गर्नुस नेपाल प्रहरी सधै तपाइहरुको साथ साथ मै रहनेछ " भनी छात्रछात्राहरुलाइ कार्किले आग्रह गर्दै आयोजक परिवारलाइ धन्यवाद ब्यक्त गरेका थिए ।  

सोहि अवसरमा बिशिस्ट अतिथी प्रनी सुवेदिले महिला हिंसा हाम्रो सभ्य समाजको लागि ठूलो अवरोध रहेकोले र खासगरी मधेश प्रदेशमा महिला हिंसा अझ बढी रहेकोले यस्लाइ तपाइ विद्यार्थी भाइबहिनीहरु र समाजमा रहेका सम्पुर्णले हातेमालो गरि महिला हिंसा को विरोध आफ्नो घरबाटै शुरु गरि समाज र देशबाट नै निर्मुल पार्नु पर्दछ र यस प्रती नेपाल प्रहरी सधै कृयाशिल रहेको र तपाइँहरु संग सधै लडिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो अवसरमा प्रतियोगीहरुले जननी र विभिन्न देवि को रुपमा पुजिने त्यही महिलाहरुमाथी नै विभिन्न किसिमका अमानविय हिंसा हुनु भनेको हाम्रो परिवार समाज र देश को विश्व भर नै बेईज्जती हुनु हो त्यसैले हाम्रो देशमा महिलालाई सम्मान गर्ने अवसर सिर्जना सबै मिलिजुली कसरी गर्न सकिन्छ गर्नु पर्दछ अनि मात्र हामी हाम्रो परिवार समाज देश अगाडि बढनेछ त्यसको लागि शिक्षा र आआफ्नो संस्कार संस्कृति लाई अपनाउनु पर्दछ भन्दै सम्पुर्णलाई महिला हिंसाको विरोध गर्दै यस्को न्यूनीकरण गर्दै निर्मुल पार्न आग्रह गरेका थिए ।

सो प्रतियोगितामा ५ स्कुलका ५ जना विद्यार्थी छात्राहरु सहभागी भएका थिए, जसमा कंचनजंघा स्कुलका उमिता कार्की प्रथम , बिधापिठ स्कुलका अमृता प्रजापति दोस्रो भएका थिए भने इन्दु लाखे स्कुलका तेस्रो ,त्रिभुवन स्कुल चौथो र मास्कोट एकेडेमीका प्रतिभागी पाचौ भएका थिए । सो विजयी प्रतिभागीहरु लाइ प्रमुख लगायतले मेडल र प्रमाणपत्र दिनु का साथै सम्पुर्ण सहभागिहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बिपिसी कलेजका सहप्रधानाध्यापक बिनय कुमार ठाकुर ,निर्णायकहरु सलमा खातुन र राजेन्द्र सिंह,लालबाबु सिंह ,उमेश गुप्ता लगायतले मन्तव्य दिदै प्रतिभागी छात्राहरुको महिला हिंसा प्रतिको चिन्ता र समस्या को साथै समाधानको लागि ब्यक्त गरिएको धारणा साच्चिकै मन छुने खालको रहेको र सो प्रती हामिसबै मिलिजुली सन्युक्त प्रयास गरेर हाम्रो समाज देश बाट महिला हिन्सा निर्मुल गर्न्मा जोड दियेका थिए र यस्ता कार्यक्रमको आयोजनाले सकारात्मक परिणाम दिने विश्वास ब्यक्त गर्दै आयोजक परिवारलाइ धन्यवाद दिएका थिए । 

सो कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए भने सहजीकरण सचिव श्रवण बहादुर रायमाझी ले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3