सभामुख डीपी अर्यालले बैठक सुरू गर्नासाथ सरकारको काम कारबाहीप्रति विरोध जनाउँदै विपक्षीसँगै उठेका थिए सत्तारुढ सांसद सिंह ।
उनले भने, ‘म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष स्थायी होइन।’
उनले संसदभित्र उपस्थित सबै दललाई एकजुट पारेर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे।
उनले थपे, ‘जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।
