Menu

आजको मौसम

प्रसौनी बिर्ता छठ घाटबाट बाँस र टाली चोरी, स्थानीयद्वारा दोषीमाथि कारबाहीको माग

Author
Bhagwan kurmi |
July 12, 2026
Featured

वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको स्थानीयले बताएका छन्।

चोरी भएका बाँसमध्ये ९ वटा बाँस स्थानीय चौठीनारायण यादवको घरबाट बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। साथै, चोरी भएको टाली लोकनारायण यादव, चौठीनारायण यादव र पृथ्वीनारायण यादवको घरमा राखिएको स्थानीयको दाबी छ।

घटनापछि स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3