शान्ति सुरक्षा कायम गर्ने राज्यको दायित्वमाथि फेरि प्रश्न उठ्ने गरी महोत्तरीमा चोरी गर्न आएका समूहले एक दम्पतीमाथि गोली प्रहार गरेका छन्। आफ्नै घरमा सुरक्षित हुनुपर्ने नागरिक रातिको समयमा सशस्त्र समूहको निशानामा परेपछि सरकार नागरिकको सुरक्षाप्रति कति जिम्मेवार छ भन्ने बहस पुनः चर्किएको छ।
महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५र६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद गर्दा २७ वर्षीय रामईश्वर यादव र उहाँकी श्रीमती २२ वर्षीया किरण यादव घाइते हुनुभएको हो।
प्रहरीका अनुसार चोरी गर्न घरमा प्रवेश गरेका व्यक्तिहरूलाई रोक्न खोज्दा उनीहरूले गोली प्रहार गरेका थिए। गोली लागेर दुवै जना घाइते भएका हुन्। घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ।

प्रतिक्रिया