जिल्ला प्रहरी कार्यालय रौतहटसँगको समन्वय र आवश्यक सहयोगमा अधिकारीलाई रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित हस्पिटल चोकमा लुकिछिपी बसिरहेको अवस्थामा घेराबन्दी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार गत वैशाख ७ गते दिउँसो अन्दाजी २ बजे महोत्तरी जिल्लाको एक गाउँबाट तीन जना अज्ञात मानिसले एक ८ वर्षीय बालकलाई जबरजस्ती नियन्त्रणमा लिएका थिए। उनीहरूले नम्बर नखुलेको मोटरसाइकलको बीचमा राखेर बालकलाई द्रुत गतिमा अपहरण गरी लैजाँदै गरेका थिए ।
त्यस क्रममा त्रसित बनेका बालकले आफू अपरिचित व्यक्तिहरूबाट असुरक्षित भएको महसुस गरी सडकमै चिच्याएर रोइकराइ र गुहार गरेका थिए । बालक रोएको र कराएको सुनेपछि शङ्का लागेर स्थानीय बासिन्दाहरूले उक्त मोटरसाइकललाई रोक्ने प्रयास गर्दै घेरा हालेका थिए । स्थानीयबासीले चारैतिरबाट घेर्न खोजेपछि अत्तालिएका अपहरणकारीहरू पक्राउ पर्ने डरले ती ८ वर्षीय बालकलाई सडकमै छाडेर तीव्र गतिमा फरार हुन सफल भएका थिए ।
घटनालगत्तै सक्रिय भएको महोत्तरी प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा प्रहरीले वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गर्न सफल भयो । सोही मोटरसाइकलको प्राविधिक अनुसन्धान र सुराकीका आधारमा प्रहरी फरार प्रतिवादी अधिकारीसम्म पुग्न सफल भएको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पन्च लाल गोलेका अनुसार गत जेठ १५ गते दिउँसो अन्दाजी ३स्३० बजेको समयमा अधिकारीलाई रौतहटको गौरबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अधिकारीमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान र बयान लिनका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
यस अमानवीय र संवेदनशील घटनामा संलग्न रहेका अन्य दुई जना फरार अभियुक्तहरूको पहिचान भइसकेको र उनीहरूको खोजीका लागि पनि विशेष टोली परिचालन गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी गोलेले जानकारी दिए ।

प्रतिक्रिया