$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

संस्थालाई बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र

580

नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरण र नियमित साधारणसभाको विषयलाई लिएर आबद्ध पत्रकारहरूबीच तीव्र असन्तुष्टि बढेको छ । महासंघ पर्सा शाखामा देखिएको बेथिति, विसंगति र संस्थालाई बन्धक बनाउने खेलका विरुद्ध एकजुट भएका ४० जना श्रमजीवी पत्रकारहरूले संयुक्त रूपमा ४ बुँदे माग अघि सार्दै ३ दिने अल्टिमेटम दिएका छन् । 

पत्रकारहरूले नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा केन्द्रीय लेखा समिति अध्यक्ष केसी लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र माग सम्बोधन गर्न आग्रह गरेका हुन् । सो मागपत्रको बोधार्थ मधेश प्रदेश समिति र केन्द्रीय समितिलाई समेत पठाइएको छ । 

समाजको विकृति विरुद्ध कलम चलाउने पत्रकारहरूकै साझा संस्थामा यस्ता गतिविधि हुनु दुखद र चिन्ताजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ । केही व्यक्तिहरूले संस्थालाई आफ्नो स्वार्थ अनुकूल परिचालन गर्न खोजेको र विवादमा तानेर बन्धक बनाएको भन्दै ४० जना पत्रकारहरूले गम्भीर आपत्ति जनाएका छन् ।

 यस्ता छन् आधिकारिक ४ बुँदे मागहरू:

१. आर्थिक पारदर्शिता: नेपाल पत्रकार महासंघ पर्सा शाखाले महासंघको केन्द्रमा बुझाएको सदस्यता शुल्क रसिद बमोजिमको हिसाबकिताब सार्वजनिक गरी पूर्ण पारदर्शिता कायम गरिनुपर्ने ।

 २. बरबुझारथ र साधारणसभा: अघिल्लो कार्यसमितिले बुझाउनुपर्ने निर्णय पुस्तिका (माइन्युट), हरहिसाबतथा आयव्ययको विवरण नयाँ कार्यसमितिले अविलम्ब बरबुझारथ लिई पर्सा शाखाको साधारणसभा समयमै सम्पन्न गर्नुपर्ने। 

३. निष्पक्ष शुद्धीकरण: सदस्यता शुद्धीकरण गर्दा संस्थाको विधान, विधि, पद्धति, मापदण्ड र नियमअनुसार हाल कायम रहेका सम्पूर्ण सदस्यहरूको शुद्धीकरण गरिनुपर्ने । (त्यसक्रममा विभिन्न फौजदारी मुद्दा लगायत व्यक्तिगत आचरणको समेत ख्याल गरिनुपर्ने माग गरिएको छ) । 

४. बदनाम गर्नेमाथि कारबाही: पत्रकार महासंघ पर्सा शाखाको हित विपरीत संस्थागत गरिमामा आँच आउने गरी विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट गरेर संस्थालाई बदनाम गराउने गतिविधिमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गरिनुपर्ने । 

३ दिनभित्र माग पूरा गर्न चेतावनी

नयाँ नेतृत्व चयन भएपछि अघिल्लो कार्यसमितिले नयाँ कार्यसमितिलाई प्रशासनिक तथा आर्थिक कागजात हस्तान्तरण नगर्नु र साधारणसभा हुन नदिनु अत्यंत खेदजनक रहेको पत्रकारहरूले बताएका छन् । महासंघका जिम्मेवार पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई आफ्नो जिम्मेवारी र दायित्व इमानदारिताका साथ पालन गर्न आग्रह गर्दै पत्रकारहरूले ३ दिनभित्र यी मागहरू पूरा गरेर उच्च नैतिकता प्रदर्शन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन् । तोकिएको समयमा माग पूरा नभए थप दबाबमूलक आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,661,विचार,36,विज्ञान प्रविधि,26,विश्व,95,समाचार,730,स्थानीय समाचार,326,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: संस्थालाई बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
संस्थालाई बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwXAcjkEr7ALWYU0xmzf-JfjD6Elcc4oHVHWome2v6MHiYNJjDdw1ExnmPVTkzem3JO6_2nwV3pfp8k4m-KOxS7s9mD8hwoXFvlOvypq8OHw6hJ_jHpxPcPYjUzBIV9fpFG6fpsHDOip5752oHVZrLQkfq5kfdS0Khnm5nd13JosBy0cSlVxZKwmYMWrYD/s320/1000129972.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwXAcjkEr7ALWYU0xmzf-JfjD6Elcc4oHVHWome2v6MHiYNJjDdw1ExnmPVTkzem3JO6_2nwV3pfp8k4m-KOxS7s9mD8hwoXFvlOvypq8OHw6hJ_jHpxPcPYjUzBIV9fpFG6fpsHDOip5752oHVZrLQkfq5kfdS0Khnm5nd13JosBy0cSlVxZKwmYMWrYD/s72-c/1000129972.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/05/blog-post_27.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/05/blog-post_27.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content