सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्युलाई लिएर न्यायको माग गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ६ जना सांसद र दलित अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन् ।
धर्नामा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक र आशिष गजुरेल सहभागी हुनुहुन्छ । उहाँहरूले घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्नुभएको हो ।
सांसद खगेन्द्र सुनारले प्रहरीले श्रीकृष्ण विकको हत्या गरेको आरोप लगाउनुभएको छ । अन्तरजातीय विवाहको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटपिट गरी हत्या गरिएको र घटनालाई दबाउने प्रयास भएको उहाँले बताउनुभयो ।
धर्नामा बसेकाहरूले प्रमुख जिल्ला अधिकारी ९सीडीओ०, प्रहरी प्रमुख ९एसपी० तथा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्नुभएको छ । साथै, घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उहाँहरूको छ ।

प्रतिक्रिया