$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जनताको मत रोक्न विपक्षीको अदालत र आयोगमा दाउपेच, उम्मेदवारी खारेजी प्रयास असफलः पर्सा–३मा पाण्डेको जित निस्चित

580


पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डे विरुद्ध योजनाबद्ध राजनीतिक घेराबन्दी सुरु भएको देखिन्छ । चुनावी मैदानमा बढ्दो जनसमर्थन र सम्भावित जितको संकेत देखिएसँगै विपक्षी शक्तिहरू आत्तिएर आयोग र अदालतको ढोका ढकढक्याउन पुगेका छन । 

पर्सा– ३मा भरोसा योग्य युवा उम्मेदवारको रुपमा स्थापित पाण्डेको उम्मेदवारी दर्ता भएसँगै विभिन्न बहानामा अवरोध सिर्जना गर्ने प्रयास सुरु गरिएको थियो । बैंक ऋण नतिरेको भन्दै कालोसूचीमा परेको हल्ला व्यापक रूपमा फैलाइयो । सामाजिक सञ्जाल र स्थानीय स्तरमा भ्रम सिर्जना गर्दै जनमत प्रभावित पार्ने प्रयास समेत गरिएको प्रष्ट देखिन्छ । तर ती आरोप पुष्टि हुन नसकेपछि उम्मेदवारी नै खारेज गराउन पाण्डेको बिपक्षमा कानुनी जाल बुन्ने प्रयास गरिएको छ । 

यस क्रममा निर्वाचन आयोगमा उजुरी त कहिल्यै उम्मेदवारी खारेज गर्ने प्रयासमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । एमाले नेतृत्वले भने यसलाई राजनीतिकको नाममा सही र सक्षम उम्मेदवारलाई चरित्र हत्या गर्ने प्रपञ्च मात्र गरिएको टिप्पणी गरेका छन । 

निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन । बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतन्त्रकै उपहास हो । चुनाव लड्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो तर कानुनी छिद्र खोजेर जनताको रोजाइ रोक्ने प्रयास अस्वीकार्य रहेको एमाले उम्मेदवार पाण्डेले धारणा राखे ।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले विपक्षी दलहरूमाथि कडा टिप्पणी गर्दै भने, “जनताको मतबाट हार्ने निश्चित देखेपछि केही शक्तिहरू अदालतको आड लिइरहेका छन । एमाले जस्तो जनआधारित पार्टीका उम्मेदवारलाई रिट हालेर हटाउन खोज्नु लोकतन्त्रप्रतिको अविश्वास हो ।

पर्सा–३मा पछिल्लो समय पाण्डेको घरदैलो अभियान प्रभावशाली बनेको एमालेको दाबी छ । स्थानीय युवादेखि व्यापारी वर्गसम्म उनको पक्षमा खुलेर उत्रिएको बताइन्छ । विकास, पारदर्शिता र रोजगारीलाई केन्द्रमा राखेर अघि बढेको उनको एजेन्डाले मतदातामा सकारात्मक सन्देश दिएको देखिएको छ । 

चुनावी प्रतिस्पर्धामा कानुनी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग गरिनु खतरनाक प्रवृत्ति हो । उम्मेदवारी खारेजीका निराधार कुरा अगाडी बढाएर समय र कानुनलाई समेत गुमराह गर्नु लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाउँछ । 

एमालेले भने यो प्रकरणलाई “जनमत दबाउने असफल प्रयास” का रूपमा चित्रित गर्दै चुनावी अभियानलाई झन् आक्रामक बनाउने जनाएको छ । “हामी अदालत र आयोग दुवैको सम्मान गर्छौं, तर जनताको अधिकारमाथि कुठाराघात स्वीकार गर्दैनौं,” पाण्डेको भनाइ छ ।

पर्सा–३ को राजनीतिक समीकरण अहिले तातिएको छ । आयोग र अदालतको अन्तिम निर्णयले प्रति एमाले नेतृत्व विश्वस्त देखिन्छ—“अन्ततः निर्णय जनताले गर्नेछन्, र जनताको निर्णयभन्दा ठूलो कुनै अदालत हुँदैन ।

यस घटनाक्रमले पर्सा–३ मात्र होइन, समग्र चुनावी संस्कृतिमाथि गम्भीर बहस सुरु गराएको छ । जनमतको प्रतिस्पर्धा कि कानुनी दाउपेच? आगामी दिनमा यसको उत्तर स्पष्ट हुनेछ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: जनताको मत रोक्न विपक्षीको अदालत र आयोगमा दाउपेच, उम्मेदवारी खारेजी प्रयास असफलः पर्सा–३मा पाण्डेको जित निस्चित
जनताको मत रोक्न विपक्षीको अदालत र आयोगमा दाउपेच, उम्मेदवारी खारेजी प्रयास असफलः पर्सा–३मा पाण्डेको जित निस्चित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjC2I2VLWEPYF9hKSfnfG0YA9QT_TpTVMu1HYEXXgi78qgKkpYgLb5vIKhCZYTMgPoIBBg-m9ifm37Ep3FiROWXZHrHPDd0eLxNBh-fWkL4SZ-TzUKrFEIybGtppFLgvDrj2-BoGe_kT4l4h_srCd9H9STjedehqSpUBviLLd2y49TklORpg26uCyo92CUq/s320/557633377_1912767879300269_9193985103869147379_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjC2I2VLWEPYF9hKSfnfG0YA9QT_TpTVMu1HYEXXgi78qgKkpYgLb5vIKhCZYTMgPoIBBg-m9ifm37Ep3FiROWXZHrHPDd0eLxNBh-fWkL4SZ-TzUKrFEIybGtppFLgvDrj2-BoGe_kT4l4h_srCd9H9STjedehqSpUBviLLd2y49TklORpg26uCyo92CUq/s72-c/557633377_1912767879300269_9193985103869147379_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/02/blog-post_94.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/02/blog-post_94.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content