वीरगञ्ज महानगरपालिका–१२ मुर्लीमा गएराति करिब १ बजेको समयमा अज्ञात समूहद्वारा करिब १०० वटा सार्वजनिक धारा तोडफोड गरिएको छ। घटनापछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ।
प्रहरीका अनुसार घटनास्थल आसपास जडान गरिएको सिसिटिभी क्यामेरा तथा अन्य क्यामेराको फुटेजको आधारमा मुर्ली नयाँ टोलमा बसोबास गर्ने दुई जना युवकलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा समुदायबीच झगडा गराउने नियतले यस्तो हर्कत गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाउँदै संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिने जानकारी दिएको छ। तोडफोडबाट सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको र दोषीमाथि कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया