पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ। यसबीच नेपाली कांग्रेसको पुनः पूर्वमन्त्री सुरेन्द्र चौधरीको उम्मेदवारीले क्षेत्रभित्रै समर्थन र विरोध दुवै स्वर सार्वजनिक हुन थालेका छन।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र चौधरीलाई अगाडि सारेपछि उनको अवस्थासंगै पर्सा- ३मा सिंगो नेपाली काँग्रेसलाई समेत बैसाखीकै सहारामा उभारी रहेको स्थानिय मतदाताहरूको आरोप छ।
पर्सा–३ मा नेपाली कांग्रेसबाट पुरानै अनुहार सुरेन्द्र चौधरीलाई अगाडी सारेपछि नयाँ पुस्ताका नेता र कार्यकर्ताहरूले चौधरीको सम्माभित उम्मेदवारी र उनको नेतृत्वलाई विरोध समेत गरेका थिए। स्थानीय मतदाताहरूले समाजिक सञ्जाल तथ बिभिन्न माध्यमबाट असन्तुष्टी जनाउदैं क्षेत्रमा पुस्तौँदेखि चल्दै आएको आँखा चिम्लेर भोट हाल्ने परम्परा र झोले मानसिकताविरुद्ध आवाज उठाएका थिए ।
समाजिक सञ्जालमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्र चौधरीको फोटो सहितको पोस्टर सर्वजनिक गर्दै स्थानिय युवाहरुले लेख्छन, हाम्रो तिन पुस्ताले एउटै अनुहारलाई मतदान गर्दै आयो, अब उफ् भयो देशलाई नयाँ अनुहार, नयाँ सोच चाहिएको छ । नेता चौधरीलाई टारगेट गरेर भन्छन, हजुर बुवा, मेरो बुवा, अनि म, के अब मेरो छोराले पनि यही पुरानै अनुहारलाई मतदान गर्नेपर्ने हो,भने प्रश्न्न चिन्ह खडागरेका छन ।
पर्सा ३बाट पटक पटक प्रतिनिधि सभामा जितेर गए, मन्त्री समेत पटक पटक भए तर आफ्नो क्षेत्रमा एउटा पनि काम गरेका छैन्न,अब यस्तो नेतालाई गाउँ गाउँ टोल टोलमा निषेध गरौ भने समाजिक सञ्जाल मार्फत आवाज उठाएका छन ।
युवाहरुको आवाज:अब परम्पराका नाममा होइन, विवेक र जिम्मेवारीका आधारमा मतदान गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन । उनीहरूका अनुसार बाजे–बुवाले जसरी भोट दिए, त्यसैलाई निरन्तरता दिँदा क्षेत्रको विकासमा कुनै ठोस परिवर्तन देखिन सकेको छैन । हरेक चुनावमा मासु र रक्सीको प्रलोभनमा भोट बेच्ने, पाँच वर्षसम्म मौन बस्ने र फेरि विकास नभएको भन्दै गुनासो गर्ने प्रवृत्तिले पर्सा–३ पछाडि परेको उनीहरूको भनाइ छ । स्थानीय युवाहरू भन्छन्, “यो भोट रक्सी र मासुका लागि होइन, छोराछोरीको भविष्यका लागि हो। आज पनि नसुध्रिने हो भने भोलि हाम्रा सन्तानले हामीलाई प्रश्न गर्नेछन । उनीहरूले मतदातालाई दलालको स्वार्थभन्दा माथि उठेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन । परम्परागत झोले सोच त्याग्दै अब विकल्प खोज्ने, योग्य उम्मेदवारलाई मूल्याङ्कन गर्ने र क्षेत्रको दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । “पुस्तौँदेखि भोट दियौँ, तर क्षेत्र उस्तै रह्यो। अब पनि गलत निर्णय गर्यो भने त्यसको मूल्य हाम्रा छोराछोरीले चुकाउनुपर्नेछ, भने प्रष्ट पारेका छन ।
पर्सा जिल्लाको चर्चित नेताको रुपमा रहेका सुरेन्द्र चौधरीले पहिलाको क्षेत्र नम्बर ४ र परिवर्तित क्षेत्र नम्बर ३ बाट बिगत लामो समय देखि प्रतिनिधित्व गर्दै आए छन । नेता चौधरीले २०४८ सालमा पहिलो चोटी निर्वाचनमा भाग लिएर सोही क्षेत्रबाट निर्वाचित हुँदै उधोग वाणिज्य तथा आपूर्ति मन्त्री र २०५३ र २०५७ सालमा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका थिए, तर उनले लामो समय सत्तासँग नजिक रहेर पनि आफ्नो निर्वाचन क्षेत्रमा ठोस काम गर्न नसकेको आरोप उनीमाथि बारम्बार लाग्दै आएको छ, भने नेता चौधरीले दशकौं राजनीतिक हैसियत कायम राखे पनि पर्सा क्षेत्र नम्बर ३ मा विकासको हिसाबले पछि परेका छन । यसैगरी नेता चौधरीले आफ्नै कामकाज र जनता प्रतिको बिश्वास गुमाउदैं गएका कारण २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार पराजित समेत भएका थिए ।
६५ वर्ष उमेर पार गरिसकेका नेता चौधरीले गगन थापा पक्षसँग नजिकिँदै आगामी निर्वाचनमा टिकट सुरक्षित गर्न “धमिलो पानीमा माछा मार्ने ” जस्तै पार्टी भित्र बिभिन्न प्रपञ्च रचे र आफु टिकट समेत हत्याउन सफल समेत भएका हुन।
महाधिवेशन लक्षित योजना बनाएर आफ्ना खेमा फेरेका नेता चौधरीले पर्सा जिल्लाका पाँच जना महाधिवेशन प्रतिनिधिको दस्तखत संकलन गरी महामन्त्री थापा नेतृत्वको समूहमा खुलेर लागेका थिए। पार्टी भित्रको अन्तरद्वन्द्वलाई हात पारेर सोही अवसरलाई आफ्नो राजनीतिक पुनरागमनको माध्यम समेत बनाउन सफल समेत भएको सामाचार स्रोतको दाबी छ।
पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वका लागि दबाब बढिरहेको बेला चौधरी जस्ता पुराना नेताको सक्रियता जनतासँग जोडिनभन्दा बढी टिकट जोगाउने रणनीतिमा चासो देखिनु जनता भन्दा ब्यक्तिगत स्वार्थ पुर्ति नेता चौधरीको पहिलो प्राथमिकता रहेको प्रष्ट देखिन्छ।
नेता चौधरीले जिल्ला स्तरको कार्यक्रममा सहभागी हुदाँ आफु बिदेशबाट शिक्षा ग्रहण गरेको हुनाले आफुलाई एउटा भिजिनरी नेताको रुपमा रहेको प्रस्तुत गर्छन तर उनको भिजन र शिक्षानिति ब्यक्तिगत स्वार्थ पुर्ति र भाषणबाजीमा मात्र सिमित रहेको क्षेत्रको अवस्था हेर्दा जोकोहीले पनि बुझ्न सकिन्छ।
नेता चौधरीको स्वार्थीपनका कारणले गर्दा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेलवार छनौट प्रक्रियामा निकै प्रतिस्पर्धा देखिएको थियो ।
पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग उठिरहेका बेला चौधरीको उम्मेदवारीलाई लिएर आन्तरिक प्रतिस्पर्धा समेत देखिएको थियो। क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, नेविसंघका पूर्वकेन्द्रीय सदस्य शम्भु चौहान, किसान संघका नेता असर्फी साह, भगवती चौधरी लगायत पाँच जनाको नाम सिफारिस गरेको थियो। टिकट चयन प्रक्रियामा पार्टीभित्रको समीकरण र गुटगत राजनीतिले भूमिका खेलेको चर्चा जिल्ला राजनीतिक वृत्तमा छ।
पर्सा जिल्लामा नेता चौधरीको आलोचना झनझन बढदैं गएपछि पार्टीले उनलाई यसपालीको निर्वाचनमा भाग लिन नदिने र क्षेत्र नम्बर ३ मा उम्मेदवार फेरिने चर्चा पनि सुरु हुन थालेपछि पार्टी भित्रको आन्तरीक बिवादलाई अवसरको रुपमा लिएर नेता चौधरीले गगन गुट रोजेको जिल्ला भरी चर्चामा छ ।
पर्सा क्षेत्र नम्बर ३ मा उठेको यो आवाजले आगामी चुनावमा मतदाताको सोच र व्यवहार परिवर्तन हुने अपेक्षा गरिएको छ ।
आगामी निर्वाचनमा पर्सा–३ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। साथै, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उपस्थितिलाई सशक्त बनाउने प्रयास गरिरहेका छन।
यसपटक पर्सा–३ मा विकास, सुशासन र युवा नेतृत्वको मुद्दा बहसको केन्द्रमा आएको छ। विभिन्न विश्लेषणहरूमा नेकपा एमालेका उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा चुनावी माहोल केन्द्रित भइरहेको दाबी समेत गरिएको छ, यद्यपि अन्तिम निर्णय भने मतदाताको मतबाट नै तय हुनेछ।
आगामी फागुन २१ गतेको निर्वाचन परिणामले पर्सा–३ का मतदाताले अनुभव, निरन्तरता र नयाँ नेतृत्व परिवर्तन मध्ये कसलाई प्राथमिकता दिन्छन भन्ने स्पष्ट पार्नेछ।

प्रतिक्रिया