Menu

आजको मौसम

पर्सा–३ मा एमाले निर्णायक मोडमा, रूपेश पाण्डेको नेतृत्वमा जिततर्फ मजबुत कदम

Author
Bhagwan kurmi |
January 22, 2026 0
Featured


पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको चुनाव अब सामान्य प्रतिस्पर्धा होइन, निर्णायक राजनीतिक संघर्षको चरणमा प्रवेश गरेको छ। नेकपा एमाले पर्सा जिल्ला कमिटी अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ स्थित पार्टी कार्यालयमा सम्पन्न निर्वाचन केन्द्रित छलफल तथा परिचयात्मक कार्यक्रमले एमालेको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनमा जितको स्पष्ट संकेत दिएको छ।

कार्यक्रममा पर्सा जिल्लाको निर्वाचन क्षेत्र-३मा नेकपा एमालेको तर्फबाट रहेका प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले स्पष्ट शब्दमा पार्टीपंक्तिलाई एकताबद्ध भई मैदानमा उत्रिन आग्रह गरेका हुन। उहाँले अब भाषण, बहाना र भ्रमको राजनीति होइन, परिणाम दिने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै विकास, सुशासन र जनविश्वासको एजेन्डामा एमाले कसैसँग सम्झौता नगर्ने दाबी गर्नुभयो। पाण्डेले “जनताको पक्षमा उभिनेहरू जित्छन्, अवसरवादी राजनीति गर्नेहरू इतिहासमा सीमित हुन्छन्” भन्दै कार्यकर्तामा जोश भर्नुभयो।

छलफल कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला कमिटी सचिव महेश दास, क्षेत्रीय कमिटी संयोजक मानदेव हजरा लगायत शीर्ष नेतृत्वको सशक्त उपस्थिति रहेको थियो। नेतृत्वको यस्तो बलियो सहभागिताले पर्सा–३ मा एमालेको चुनावी अभियान अब आक्रामक मोडमा प्रवेश गरेको स्पष्ट सन्देश दिएको छ।

क्षेत्र नम्बर–३ को समग्र राजनीतिक समिकरण, संगठनात्मक अवस्था र जनभावनाको गहिरो समीक्षा गर्दा एमाले उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा स्पष्ट बहुमतको आधार निर्माण हुँदै गएको देखिन्छ। युवा नेतृत्व, स्पष्ट भिजन र जनतामाझ बढ्दो विश्वासका कारण विपक्षीहरू दबाबमा परेको र चुनावी रणनीति दिशाहीन बन्दै गएको एमाले नेताहरूको आकलन छ।

कार्यक्रमपछि कार्यकर्तामा देखिएको उत्साह, अनुशासन र संगठनात्मक एकताले पर्सा–३ मा एमालेको विजय केवल सम्भावना होइन, समयको प्रश्न मात्र बनेको संकेत दिएको छ। अब चुनावी मैदानमा एमालेको निर्णायक उपस्थितिले पर्सा–३ को राजनीतिक नक्शा परिवर्तन गर्ने निश्चित देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3